सरकारले शिक्षकको उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने
काठमाडौं-सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अस्पताल बनाउने निर्णय गरेको बताउनु भएको हो ।
उनले भने, ‘शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने छ।’ त्यस्तै, उहाँले बैठक र अनुगमन भत्ता कटाएर कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने बताउनु भएको छ ।
चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्चमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको उहाँको भनाइ छ। त्यसवाफतको पाँच अर्ब बजेटले खोप खरिद गरिने उनले जानकारी दिनु भयो ।