तस्विरमा धानबालीले हरियारी फाँटका मनमोहक दृश्य
काठमाडौं-कपिलवस्तुका अधिकांश खेत, फाँट र बस्ती आसपासका ठाउँमा धानबालीले हरियो देखिएका छन् । जता हेर्यो उतै धानबाली लहलहाइरहेको हरियो फाँट देख्न सकिन्छ । जिल्लाको ८३ हजार खेतीयोग्य जमिनमध्ये ७१ हजार ५ सय हेक्टरमा यस वर्ष धानबाली लगाइएको छ । यस वर्ष समयमै वर्षा भएकाले कृषकले बेलैमा धान रोपेका थिए ।
नियमित पानी परिरहेको र रोगकिरा नलागेकाले यस वर्ष धान उत्पादन बढी हुने बताइएको छ । कपिलवस्तुको बर्दहवा, रमतलाहा, लमतिया, बण्डिहुली, जगदीशपुर र जलरैया गाउँ आसपास ड्रोनबाट लिइएका धान फाँटका मनमोहक दृश्य ।