विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
काठमाडौं-उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ ।
सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उहाँ महाधिवेशनमा सर्वसम्मत चयन हुनु भएको हो ।
चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।उहाँ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहनु भएको छ ।