मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर प्रदेशसभा सदस्य घाइते
दाङ – राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते हुनु भएको छ
प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते हुनु भएको हो ।उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो ।
चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।