Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

अर्घाखाँची ११ मंसिर,

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १५  जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलका छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटनामा हुदा १५ जनाको मृत्यु भएकाे हो ।

दुर्घटनामा परि १५० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।

घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu