Connect with us
Kapilvast Forest

स्याङ्जामा म्याद नाघेका औषधी फेला

२०७६, १८ असार बुधबारमा प्रकाशित

हिमलाल पराजुली स्याङ्जामा । कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधी फेला पारेको छ । गाउँपालिकाको वडा नम्बर–७ मा पर्ने मिर्मी बजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्य वस्तुका साथै औषधी पनि भेटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताउनुभयो ।

अनुगमनका क्रममा शुरज मेडिकल हलबाट १० प्रकारका म्याद नाघेका औषधी जफत गरेको र अन्य किराना पसलबाट जुस, बिष्कुट, सोडा चिप्स लगायतका खाद्य वस्तुको म्याद नाघेको पाइएकाले अनुगमनका क्रममा ८ पसलमा म्याद नाघेका वस्तु भेटिएको र संकलन गरिएका वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीलाई सचेत गराईएको गाउँपालिकाले जनाएको छ ।

अखाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय प्रमुखको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एक पटकका लागि व्यापारीलाई सचेत गराएको छ । आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने गाउँपालिकाले चेतावनी दिएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu