Connect with us
Kapilvast Forest

दलित समुदायको क्षमता विकासको लागि सशक्तिकरण तालिम 

२०७६, १९ असार बिहीबारमा प्रकाशित

सीता बेल्बासे असार १९,
दलित समुदायको क्षमता विकासको लागि सशक्तिकरण तालिम शिवराजको चन्द्रौटामा सम्पन्न् भएको छ शिवराज नगरपालिको सहयोग समन्वय क्रियाशिल दर्शन मिडिया प्रा.लि शिवराज नगर स्तरीय दलित संजालको आयोजनामा १ दिने अभिमुखिकरण तालिम चन्द्रौटामा सम्पन्न् भएको छ ।

संविधानमा जातीय छुवाछूत र भेदभाव अन्त्य भएको बताइरहँदा अझै पनि समाजमा भेदभाव अन्त्य नभएकोले हुदा यसको अन्त्य कसरि गर्न सकिन्छ ।भन्ने बारेमा छलफल भएको थियो ।संविधानले सबै जातजाति, भाषाभाषी, लिंग, धर्म, वर्ण समुदायको अधिकारलाई सुनिश्चित गरेकोले संविधानको कार्यान्वयनको लागि नागरिकले स्थानिय स्थरबाटनै आवाज उठाउनु पर्ने भएको छ । कोहि मान्छे आफै दलित हुदैन उसलाई दलित बनाईको हो यसको अन्त्य गर्न सबै एक जुट भएमा यसको अन्त्य हुने छलफल भएको थियो । त्यस्तै कार्यक्रमको सम्बोधन गदै प्रमुख अथितिको रुपमा रहनु भएको शिवराजनगरपालिकाको नगर उपप्रमुख शिव कुमारि थारुले जातको आधारमा सानो ठुलो भनेर हेप्नु भन्दा कामको आधारमा शिप श्रमको उचित मूल्यकन गर्नु पर्ने जोड दिनु पर्न बताउनु भयो ।

यसको लागि नगरपालिकाले दलितको लागि राम्रो बजेट छुट्राएको जानकारि दिनु भयो । कार्यक्रममा शिवराज नगर स्तरीय दलित संजालका अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा प्रमुख अथिति शिवराजनगरपालिकाको नगर उपप्रमुख शिव कुमारि थारुको प्रमुख आतित्य बिशिष्ठ अथिति इलाका प्रशासनका कार्यलयका प्रमुख बिजयराज पौडेल , पुर्व राष्ट्रिय दलित आयोग सदस्य बेगम बि.क ,अन्तरिम सविधान विद्यायक उमा बि.क ,अथिति वाड प्रहरी कार्यलय प्रहरी निरिक्षक मोतिलाल तामाङ , शिवराजनगर कार्यपालिका सदस्य चन्द्र बहादुर गहतराज , शिवराजनगर कार्यपालिका सदस्य नकुल कामि,नेकपाका जिल्ला कमिटि सदस्य गगन बि.क, दलित अधिकार कर्मी मिना परियार ,प्रत्रकार पुर्व केन्द्रिय सदस्य निशा बिश्र्कमा, मेलमिलाप दलित संस्थाका अध्यक्ष कमल परियार,लगायत बिभिन्न संघ सस्थाको पदअधिकारि, बिभिन्न वाडका वडा अध्यक्ष ,प्रत्रकारको उपस्थितमा शिवराज नगर स्तरीय दलित संजालकी सदस्य पुष्पा सुनारका स्वागत मन्त्वय सहज नेपालका अध्यक्ष संजिव गहतराजको सन्चालनमा कार्यक्रम सम्पन्न् भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu