Connect with us
Kapilvast Forest

‘आईफा रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत’

२०७६, २० असार शुक्रबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत भएको बताउनुभएको छ ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अवार्डबारे अनावश्यक हल्ला फैलाएर रोक्न लगाउनु दुःखद भएको बताउनुभयो ।

२० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको पनि उहाँको भनाइ छ ।

‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं, तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अनाधिकृत

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu