Connect with us
Kapilvast Forest

डिभिजन बन कार्यालय गौतम बुद्धद्धारा बृक्षारोपण वर्ष शुभारम्भ ।

२०७६, २३ असार सोमबारमा प्रकाशित

 दिपक केसी, असार २३ ,कपिलवस्तुको डिभिजन बन कार्यालय गौमबुद्धले बृक्षारोपण बर्ष २०७६ लाई सफल पार्न सोमबार वृह्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सरकारको वृक्षारोपण बर्षलाई सफल पार्न डिभिजनले ३ सय ५५ विभिन्न १२ प्रजातीका विरुवाहरु रोपेको डिभिजन कार्यालयले जनाएको छ ।स्वच्छ वाताबरण सवस्थ जीवन , हरियाली प्रर्बद्धन हाम्रो अभियान” भन्ने नारा सहित आयोजित बृक्षारोपण सुभारम्भमा प्रदेश नं. ५ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विरुवा रोपेर कार्यक्रम उद्घाटन गरेका हुन ।

डिभिजन वन कार्यालयको पश्चिम तर्फ शिवराज उद्यानको अगाडीको साढे २ हेक्टर खाली जग्गामा कदम, हर्रो वर्रो ,सितल चिनी, अमला आदीका विरुवा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्कीले बताए । यस वर्ष ४ लाख ८८ हजार विरुवा उत्पाद गरेको र त्यी विरुवाहरु साझेदारी,सामुदायि,राष्ट्रिय तथा निजि वनहरुमा वृक्षारोपण गरिने उनले बताए ।

भोलीका सन्ततीको स्वस्थ जीवनका लागी आज विरुवा रोप्नु हामी सबैको कर्तव्य र दायित्व रहेको मन्त्री गिरीले बताए । रुख विरुवा र जंगल मासिदै जादाँ पर्यावरणमा नराम्रो असरको गरेको जनाउदै ओजन तहमा छिद«ा परेकोले वातारणीय अनुकुलतामा प्रभाव पर्दै गएको उनले बताए । वन जंगल संरक्षण गरी पर्यावरणिय सन्तुलन कायम गरी भोलीका सन्ततीका लागी स्वच्छ वाताबरण सिर्जनाका लागी हरेक एक जनाले एक विरुवा लगाउनु पर्ने मन्त्री गिरीले बताए ।

कुनै उपयोग विना रहेका खाली जग्गामा वृक्षारोपण गरी हुर्काएमा आय स्रोतमा समेत वृद्धि हुन्छ । “वन सबैको सम्पती हो यसको संरक्षण र जर्गेना गर्नु हाम्रो दायित्व हो” मन्त्री गिरीले भने । नेपाल सरकाले यस बर्ष वृक्षारोपण वर्षका रुपमा लिएको हुनाले सबैले आफ्नो खाली जग्गामा पनि बोट विरुवा लगाउनु पर्ने प्रदेश ५का सामाजिक विकास समिति सभापति दिर्घनारायण पाण्डेले बताए ।

पशुपक्षीको वासस्थान समेत रहेकोले बनजगंल मासिदै जादाँ दुर्लभ जंगली जनावरहरु पनि लोप हुदै गइरहेको प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले बताए । आज रोपेका विरुवाहरुलाई हुर्काउने बढाउने जिम्मेवारी पनि हामी सबैको हो भन्दै बन संरक्षणमा सबै लाग्नु पर्नेमा उनले जोड दिए । अमलाको विरुवा रोप्दै शिवराज नगरपालिका प्रम्ख नेत्रराज अधिकारीले हिजो आफुले जान्दा हरियाली रहेको वन आज विविधकारण फडानी भइ उजाड भएको भन्दै दुख व्यक्त गरे ।

मानव जीवनका लागी नभइ नहुने वन संरक्षणमा नगरको तर्फबाट पनि सक्दो पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा साझेदारी वनले वन अतिक्रम गर्ने विभिन्न समुदाय र गिरोहहरुलाई अतिक्रमण गर्न नदिएर वन संरक्षण गरेको साझेदारी वन व्यवस्थापन महासंघ कपिलवस्तुका अध्यक्ष गंगेश तिवारीले बताए ।अझै पनि वन अतिक्रमण गरीभौतिक संरचना बनाउनेहरु सक्रिय रहेको भन्दै अतिक्रमण हटाई त्यस्ता ठाँउमा पनि वृक्षारोपण गर्ने उनले जनाए ।
आज नै डिभिजन वन कार्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ । १७ लाखको लागतमा निर्माण भएको ४ कोठे भवनको मन्त्री गिरीले रिवन काटेर उद्घाटन गरेका हुन ।

कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षणका ६ विद्याका उत्कृष्टहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । जसमा कर्मचारी तर्फ राम मिलन चौधरी र हेम बहादुर घले, सुरक्षा कर्मि तर्फ धन बहादुर गिरी र अम्मर बहादुर वली, सामुदायिक वन तर्फ सुरइ सामुदायिक वन प्रथम, रामलक्ष्मण सामुदायिक वन द्धितिय, इन्द्रेणी सामुदायिक वन तृतिय , साझेदारी वन तर्फ कपिलवस्तु साझेदारी वन र निजि वन तर्फ प्रथम साजेदा खान, द्धितिय रक्षाराम चौधरी तृतिय मोहिका कुर्मीलाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै वन वातावरण तथा बन्यजन्तु र वन अपराध न्यूनिकरण समाचार प्रकाशन गरेकोमा रेडियो शिवराजका समाचार प्रमुख माधव वेल्वासेलाई नगद सहित सम्मान गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu