Connect with us
Kapilvast Forest

विरामीसँग जन्म दिन मनाउदै तिर्था (हेर्नुस् पाच तस्वीर)

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

भैरहवा, असार २७ । जन्मदिन अर्र्थात बर्थ डे मनाउने चलन नेपालमा त्यति पुरानो नभएता पनि आजकल अत्यन्तै चल्तीमा रहेको छ । पश्चिमा मुलुकबाट नेपाल भित्रीएको बर्थ डे खासगरीकन बालबालिका, किशोर किशोरी, युवा पुस्ता हुदैं बृद्धा बृद्धा सम्म पुगेको छ । तर बर्थ डे मनाउने शैली भने फरक फरकका छन् । अधिकांशले बर्थ डे को अवसरमा होटल तथा रेष्टुरेन्टमा ठूला ठूला पार्टिको आयोजना गर्दछन् । नाचगान गर्दछन् । त कयौंले सामाजिक क्षेत्रमा योगदान दिने गरेका छन् ।

यसैबीच रुपन्देहीमा एक शिक्षीकाले आफ्नो बर्थ डे अस्पतालमा मनाएकी छन् । ओमसतिया गाउपालिकामा रहेको श्रीराम जानकी आधरभूत विद्यालयको सहायक प्राचर्य तिर्था अर्यालले आफ्नो जन्मदिन विरामीहरुसंग मनाएकी हुन् ।

शुक्रबार २९ औं जन्मदिन मनाउने क्रममा उनले भैरहवाको भिम अस्पतालमा रहेका ५५ जना विरामीलाई फलफुल बितरण तथा विरामीको कुरुवा, चिकित्सक र अन्य कर्मचारीलाई केक खुवाएर मनाएकी हुन् ।

बुबा नन्दराम अर्याल र आमा रेनुका अर्यालको सुपुत्रीको रुपमा सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा जन्मिएकी उनको झापाका सनत कुमार ओलीसंग बैबाहिक सम्बन्ध कायम भएको छ । शिक्षण पेशामा आबद्ध उनले विदाको समय पनि सामाजिक सेवामा क्रियासील भएर बिताउने गरेको अर्यालको साथी सरोज ठकुरीले बताए ।

जन्मदिनको अवसरमा अस्पताल परिसरमा उनलाई शुभकामना दिदैं अस्पतालका इमरजेन्सी विभाग प्रमुख गोपाल उपाध्ययले अस्पतालमा रहेका विरामीकोलागी फलफुल बितरण कार्य अत्यन्तै प्रशसंनीय भएको बताए । उनले भने , ‘नया पुस्ता रेष्टुरेन्ट र होटलहरुमा रमाईरहेको बेला अर्यालको कार्य उदाहरणीय देखियो । सबैले यसलाइ अनुकरण गरेमा विपन्न परिवारका विरामी जो सरकारी अस्पतालमा उपचार गराउंछन तीनलाई ठूलो राहत मिल्न सक्छ । ’

सो अवसरमा सिद्धार्थनगरपालिका वडा नं १२ का सदस्य सरोज ठकुरीले नयां पुस्तालाई सामाजिक सेवामा सक्रिय बनाउनुपर्ने अभियान जरुरी रहेको बताए । उनले भने, ‘नयां पुस्ता सामाजिक सेवाबाट टाढीरहेको अवस्थामा शिक्षीकाले गरेको कार्य प्रशंसनीय छ । ’ अर्यालले विगतमा पनि बृद्धाश्रममा सहयोग दिने गरेको बताईन् । उनले यसअघि जनता आधारभूत विद्यालय विद्यार्थिहरुलाई टिफीन बक्स सहयोग गरेकी थिईन् ।

अस्पतालका विरामीलाई फलफुल बितरण गर्दा अत्यन्तै मन हर्षित भएको अर्यालले बताईन । उनले भनिन, ‘साथीहरुसंगै विरामीहरुसंग भलाकुसरी गर्दै थोरै भएपनि सहयोग गर्न पाउदाको क्षण स्मरणीय रह्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu