Connect with us
Kapilvast Forest

यी हुन् नवजात शिशु चोर्ने महिला

२०७६, २८ असार शनिबारमा प्रकाशित

सुनील कार्की,पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन–९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले शिशु र ती महिलालाई पाल्पा ल्याएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन । त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली महिला र शिशु भेटिएको स्थलमा पुगेको छ ।महिलाले चोरेर लगेको शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu