Connect with us
Kapilvast Forest

४८ वर्ष पछि गांउमा विजुली पुगेपछि …

२०७६, २८ असार शनिबारमा प्रकाशित

  •  अनिल अधिकारी ,२८ असार कपिलवस्तु,
    वस्ती वसेको ४८ वर्ष पछि कपिलवस्तुको शिवराज नगरपालीका १ वनकसवासामा विजुली पुगेको छ । गांउमा विधुत नहुदा धेरै समस्या भोग्न वाध्य भएका वनकस वासी गांउमा विधुत पुगेपछि हर्षित भएका छन । विजुलीको कपिलवस्तु निर्वाचन क्षेत्र न ३ ख का प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले स्वीच अन गरेर उदघाटन गर्नुभएको छ । विजुली नहुदा तराईको प्रचण्ड गर्मीमा गांउमा रहेको विधालयमा कष्टकर जिवन विताएर अध्यन गरिरहेका वालवालीका विजुली पुगेपछि सवैभन्दा खुसि भएका छन ।
    शिवराज नगरपालीका वडा न १ को १० लाख र नेपाल विधुत प्राधिकरणको ४० लाखको लागतमा गांंउमा विजुली पुराउन सफल भएको नेपाल विधुत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगैजाले वताउनुभएको छ । प्रमुख अगैजाले सवैको सहयोगले काम सुरु गरेको तीन महिनाको समय अवधीमा विजुली वाल्न सफल भएको वताउनुभएको हो । उहाले शिवराज नगरपालीकाको वनकसवासा र विजयनगर गांउपालीकाको जवावैराठ जिल्लामा पुरानो वस्ती भएपनि विजुली पुग्न नसकेको कुरालाई स्मरण गर्दै यस वर्ष दुवै ठांउमा विजुली वाल्न सफल भएपछि खुसीको अनुभुती भएको वताउनुभएको छ ।
    विजुली पुगेपछि साना घरेलु उधोग संचालन गरी आत्म निर्भर वन्न शिवराज नगरपालीकका नगरप्रमुख नेत्रराज अधिकारीले गांउवासीलाई आग्रह गर्नुभएको छ । प्रमुख अधिकारीले राजमार्ग संग सटेको गांउ भएकाले होटल तथा साना घरेलु उधोगको संम्भावना राम्रो रहेको वताउदैसुन्दर गांउ निर्माणमा जुटन आवाहान गर्नुभयो । उहाले वनजंगल नजीक भएको हुदा जडीवुढी प्रसोधन उधोग संचालन गरी आत्म निर्भर वन्न ईच्छुक भएमा नगरपालीकावाट सहयोग गर्ने प्रतिवद्धता जायर गर्नुभयो ।
    यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विधुत नहुदाको कहाली लाग्दो अवश्थाको स्मरण गर्दै विधुत पुराउन अथक प्रयास गर्ने विधुत प्राधिकरण र नगरपालीकालाई धन्यावाद व्यतm गर्नुभयो । सासंद केसीले विजुली आएपछि मोवाईल चार्ज गर्ने टिभि हेर्ने लगाएतका सामान्य कामको फाईदा भन्दा पनि जिवनयापन संग जोडिएका स.साना उधोग संचालन गरी अगाडी वढन गांउवासीलाई सुझाव दिनुभयो । राम्रो काम गर्न खोज्ने व्यतmीलाई प्रदेश सरकारले विभिन्न अनुदान व्यवस्था गरेको वताउदै केशि आत्म निर्भर हुने खालका कामको पहिचान गरी विजुलीको उपयोग गर्न आग्रह गर्नुभयो ।
    वि.स २०२८ सालमा महेन्द्रराज मार्ग विस्तार हुनेवेला वसेको वस्तीमा ४८ वर्ष पछि विजुली पुगेको हो । विजुली नहुदा ७२ घर भएको गांउलेले जेनेटर चलाएर टयुवेल वाट पानि उपभोग गर्दै आएका थिए । यतीका वर्ष अध्यारोमा पढन वाध्य भएका विधार्थी तथा गांउले विजुली पुगेपछि भने निकै हर्षित भएको प्रतिक्रीया दिएका छन । कार्यक्रममा शिवराज नगरपालीकाका विभिन्न वडाका वडा अध्यक्ष ,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu