Connect with us
Kapilvast Forest

बाढी पीडितको विद्यालयमा बास

२०७६, २९ असार आईतवारमा प्रकाशित

विनु तिम्सिना, विराटनगर । बाढीका कारण घर डुबानमा परेपछि विराटनगरमा एक मुसहर समूदाय स्कुलमा बास बसिरहेको छ । विराटनगर १२ को बखरी स्कुलमा दरैया र सिमराहि टोलका ४ सय जना मानिसहरु बास बसिरहेका छन् ।

केसलिया खोला र धुधुवा पैनीमा आएको बाढीले घर डुबानमा परेपछि शुक्रबारदेखि स्थानीय स्कुलको शरणमा पुगेका हुन् । विद्यालय सानो भएपनि मानिसको चाप र अत्याधिक हिलो भएकाले उनिहरुको छालामा समस्या देखिन थालेको छ ।

महानगरपालिकाले आइतबार बखरी स्कुलमा राखेकाे स्वास्थ्य शिविरमा अधिकांशमा छाला चिलाउने, ज्वरो र खोकीको समस्या देखिएको हो । एउटै कक्षाकोठामा धेरैजना सुत्नु परेको र लामखुट्टे धेरै लागेका कारण पीडितहरु रातभर निदाउन सकेका छैनन् । विभिन्न संघसंस्थाहरुले सुत्न ‘मेट्रेस’ दिएको भएपनि झुलको व्यवस्था नहुँदा सुत्न समस्या भएको पीडित विन्दा ऋषिदेवले बताइन् । ऋषिदेवले भनिन्, -‘एक परिवारमा ७ देखि १० जना सदस्य छौं, आफुहरुलाई दिइएको एक परिवार एक मेट्रेस पर्याप्त छैन् ।’

विराटनगर महानगर -१२ सिमराहि, दरैया, मलङ्गवा र महतो टोलका लगभग सबैजसो घर डुबानमा परेका छन् । केसलिया खोलामा बाँध बनाए बाढीको समस्या समाधान हुने पीडितहरुहरुको भनाई छ ।

बाढीका कारण सबैजसो वडाहरु प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले १, ६, ७, ८, १२ र १६ नम्बर वडाका करिब एक हजार जना विस्थापित बनेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu