Connect with us
Kapilvast Forest

बर्षाले करोडौको खेती नोक्सान, सहयोगको अपिल

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

अराज बेल्वासे, असार ३१

स्वदेशमै केहि गरौ भनि युवाहरु मिली सञ्चालन गरेको कृषि फम पानीले तहसनहस पारे पछि युवाहरु मर्नु न बाच्नु जस्तै भएका छन । अर्घाखाँचीको शितगंगा नगरपालिकाका ७ जना युवाहरुले काठमाडौको कृतिपुरमा ४० तथा गोधावरीमा ७० रोपनी जग्गा भाडामा लिई ब्यवसाहिक कृषि फम सञ्चालन गरेका किषानहरुको पानीले बाली तथा टनेलहरु नस्टै गरेको सञ्चालक दिल बहादुर गैरेले दुख पोखे ।

७ जना युवाले करिव २ करोडको लगानिमा टमाटर , खुर्सानी, भान्टा,अकबरे खुर्सानी लगायतको खेति गरेका थिए ३ दिन सम्म आएको पानीले एसयन ग्रुप एण्ड कम्पनीको २ करोड बढीको तरकारी बाली नस्ट भएको गैरेले जानकारी दिए । ठुलो रकम लगानी गरी सञ्चालन गरेका ब्यवसायले यो बर्ष लगानी निकाली आसा गरेका युवाहरु पानीले खेती नोक्सान गरे पछि मर्नु न बाच्नु भएको बताएका छन ।

सरकारले कृषि क्षेत्रमा लगानी गरे पनि अप्ठेरोमा परेका किसानलाई कुनै राहत नदिने गरेकोमा दुख पोखे ऋण रोजेर ब्यवसाय गरेका युवाहरु लगानी डुबे पछि बाच्नु मर्नु भएको बताउदै यो अबस्थामा सरकारी निकायले सहयोग गरेमा हामी जस्ता युवाले स्वदेसमै केही गर्ने हिम्मत जुटाउने थियौ गैरेले भने , हरेक बर्ष सरकारले कृषि क्षेत्रमा अनुदान दिने गरे पनि आफु जस्ता किसानले नपाउने गरेकोमा दुख पोख्दै यो दुखको अबस्थामा कही बाट सहयोग भए दुलो राहत हुने बताए । पानीले टमाटर लगाएका टनेलहरु च्यातेको छ भने बिरुवा समेत पानीले बगाउदा करोडौको क्षति भोग्नु परेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu