Connect with us
Kapilvast Forest

नेटवर्किङ ब्यबसाय युनिटि लाइफमा संलग्न ११ जना पक्राउ

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

भुपाल थापा, कपिलबस्तु असार ३१,

युनिटि नेटवर्किंगमा संलग्न ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङ ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । ठगि गरिरहेको भन्ने उजुरीका आधारमा कपिलबस्तु प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मंगलबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर छानबिनका लागि अनुसन्धान अगाडि बढाइएको हो । पक्राउ पर्नेमा दैलेख जिल्ला नौमुले गाउपालिका ७ का कर्ण सलामी मगर, पश्चिम नवरपरासी जिल्ला सुनवल नगरपालिका २ का अशोक धरिकारी, झापा जिल्ला दमक नगरपालिका ३ का खगेन्द्र निरौला, सप्तरी जिल्ला राजबिराज नगरपालिका १ का मिथलेश यादव, सोहि स्थानका मन्जुला राई रहेका छन् । यस्तै रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ११ का मुकेश राउत, बाँके जिल्ला कोहलपुर नगरपालिका ३ का हेमराज थापा, रामेछाप जिल्ला मन्थली नगरपालिका १ का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउपालिका २ का दिपा पुरी रहेकी छिन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा बिगत दुइ हप्तादेखिको गोप्य अप्रेसन अनुसार उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले पत्रकार सम्मेलन मार्फत सिआइबीको समन्वयमा युनिटी नेटवर्किङमा संलग्न धादिङका रंजन लामा, दार्चुलाका भुपेन्द्र धामी, रौतहटका अमित कुमार चौधरी, गोरखाका सुसिल बिक, मकवानपुरका अभिराज तामाङ र भारत घर भएका सर्भिस पाण्डेलाई पक्राउ गरिने समेत कपिलबस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले बताए ।

पक्राउ परेकाहरु १८ देखि ३० बर्ष उमेरसम्मका रहेका छन् । पिरामिड शैलीमा सदस्य बनाउँदै ठगी गर्न यस्तो व्यवसाय नेपालमा गरिँदै आएकोमा कानुनतः त्यस्तो गर्नु अवैध हो । सदस्यताको लागि ठूलो रकम लिने र सदस्य बनेपछि एकले अर्कोलाई सदस्य बनाउँदै यस्तो व्यवसाय फैलाइन्छ । जिल्लामा डी एक्स एन र भिस्टेज नामक कम्पनि ले पनि पिरामिड शैलीमा सदस्य बनाउँदै आएका छन् । ति कम्पनीले क्यान्सरको समेत उपचार हुने भन्दै उत्पादन बिक्रि गर्ने गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu