Connect with us
Kapilvast Forest

भिसिटिएस अव्यवहारिक : पूर्व अर्थराज्यमन्त्री शाह

२०७६, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- पूर्व अर्थराज्यमन्त्री एवम् संघीय संसद्‌को प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) प्रणाली साना व्यापारीको हकमा लागू गर्न नहुने धारणा राखेका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै शाहले सबै ठाउँमा इन्टरनेट सेवा पुग्न नसकेको अवस्थामा भिसिटिएस प्रणाली अव्यवहारिक रहेको धारणा राखेका हुन्।

‘के नेपालका सबै ठाउँमा इन्टरनेट सुविधा पुगेको छ? प्रधानमन्त्री कार्यालयबाट त्यसको अनुगमन गर्नका लागि त गाउँ-गाउँमा इन्टरनेट पहुँच हुनपर्‍यो नि। गाउँ-गाउँमा इन्टरनेट नभएका कारण त्यहाँ सामान लोड गर्न गाह्रो भएको छ,’ शाहले भने।

ठूला व्यापारीलाई भिसिटिएस प्रणाली लागू गर्न सकिने अवस्था रहे पनि साना व्यापारी मर्कामा परेको उनको भनाइ थियो। ‘ठूला व्यापारीलाई लगाउँदा त समस्या हुँदैन। तर, गाउँ-गाउँका साना व्यापारीलाई यस्तो व्यवस्था लागू हुनुहुँदैन। ठूला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस्,’ उनले भने।

शाहले ढुवानीमा आयकर लगाउने विषयमा पनि पुनर्विचार गर्नुपर्ने बताए। ‘आयकर आम्दानीमा लाग्ने हो। तर, ढुवानीमा पनि अग्रिम २ प्रतिशत आयकर लगाउने भनिएको छ। बाहिरबाट आउने सबै वस्तुमा अग्रिम २ प्रतिशत आयकर लिइएको छ। जसकारण वस्तु महँगो भएका छन्,’ शाहले भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu