Connect with us
Kapilvast Forest

वीर अस्पतालमा सेवा शुल्क बढाइँदै

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी गरेको छ । यो सँगै बिरामी मारमा पर्ने भएका छन् ।

अस्पतालले प्रवाह गर्ने सेवामा समयानुकुल शुल्क समायोजन गर्ने तयारी थालिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताउनुभयो । उहाँका अनुसार, विगत पाँच वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । त्यसकारण समयसापेक्ष सेवा शुल्क बढाउनुपर्ने तयारी थालिएको हो ।

सेन्चुरीले कर्मचारीको तलब वृद्धि भएको भन्दै सेवा विस्तार सँगै शुल्क बढाउन लागिएको बताउनुभयो । स्रोतका अनुसार नाम दर्ता बाहेक आइसीयू, ल्याब टेस्ट, एक्सरे, इको, फिजियोथेरापी लगायतमा मूल्य बढाउने अस्पतालको तयारी छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu