Connect with us
Kapilvast Forest

‘म’ यो सरकारलाई कसरी प्रशंसा गरुँ ?

२०७६, २१ भाद्र शनिबारमा प्रकाशित

विनोद त्रिपाठी
  • विनोद त्रिपाठी

म अर्थात हामी । बर्तमान समस्यासंग म अनि हामी जोडिएका छौं । त्यसैले, यो दास वा नेताका रैती बाहेकका खास जनताका पीडाहरु सम्बोधन गर्न गइरहेको छु । अहिले दुधको मुल्य बढेको छ । ६ रुपँया अर्थात एक लिटरको ७६ रुपँया पुगेको छ । बढेको मुल्य मध्ये ४ रुपँया १६ पैसा किसानलाई जाने भनिएको छ । बाँकी १ रुपँया ८४ पैसा दुधको प्याकेट बनाएर बजार पठाउने उद्योग वा सहकारी लिने भनिएको छ ।
हरेक मुलुक समृद्धि तर्फ उन्मुख भएको संकेत निम्न बिषयले तय गर्छ ।

खाद्यान्न, स्वास्थ्य, शिक्षा, सुरक्षा र सडक । मुख्य रुपमा यिनै बिषय भित्रका अन्य दर्जनौं मुद्धाहरु आउने गर्छन् । जब कुनै सरकार गठन हुन्छ र मुल्य बृद्धि शुरु हुन्छ, अनि सम्झनुस, देशमा जनताको दुर्गतिका दिनहरु शुरु भए । यो सरकार गठन भएको एक महिना भित्र नै खाद्यान्नमा ५० प्रतिशतसम्म मुल्यबृद्धि भएको तथ्यांक छ । हेर्नुस, नेपाल राष्ट्र बैंकको रेकर्ड । ६ महिनापछि सरकारले सार्बजनिक गरेको रेकर्ड र नेपाल राष्ट्र बैंकले जारी गरेको मुल्य बृद्धिदर बिबरण फरक परेपछि संघीय संसदमै सरकारको चर्को आलोचना भएपछि प्रतिनिधीसभामा प्रधानमन्त्री मौन बसिदिनुभएको समाचार सबैलाई अवगत नै होला ।

हुन त केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएका बेला (शुशिल कोइराला प्रधानमन्त्रीबाट हटेपछि) शतप्रतिशत मुल्यबृद्धि भएको थियो । त्यतिबेला भारतीय नाकाबन्दीका कारणले मुल्य बढेको सरकारले जवाफ दियो । त्यो बेला ओली प्रधानमन्त्री भएकै बेला नाकाबन्दी हट्यो, तर मुल्यबृद्धि घटेन । दाल, तेल लगायतका सामग्रीमा करिब शतप्रतिशत मुल्य बढेर जनताका भान्छामा खडेरी लागेको थियो ।
हरेक बिकसित मुलुकले जनतालाई पोषण खाद्यान्नमा ध्यान दिन्छ । ति देशले जनतालाइ कुपोषण नहोस भनेर खाद्यबस्तुलाई बिपन्नको पहुँचमा पुर्याएका हुन्छन् । उदाहरणको लागि कुखुराको मासु बिश्वमै सबैभन्दा सस्तो पाइने खाद्यबस्तु हो ।

अधिकांश युरोपियन मुलुकहरु, अष्ट्रेलिया, अमेरिका र एशियाका जापान, दक्षिण कोरिया मुलुकमा कुखुराको मासुलाई बर्गिकरणको आधारमा निकै सस्तोमा उत्पादन गरेर थोरै रकममा बिक्री गरिन्छ । कतिपय मुलुकमा एक मुठो साग भन्दा एक केजी कुखुराको मासु सस्तो पर्छ । तर, यो सरकार गठन भएपछि नेपालमा डेढ बर्ष भित्र कुखुराको मासुको मुल्य शतप्रतिशत बृद्धि गरिएको छ । खसीको मासुको मुल्य ५ सय प्रतिशत बढिसकेको छ । यो दशैंसम्म खसीको मासुको मुल्य प्रति केजी १२ सय उकालो लाग्दैछ । बजारका बिबरणले देखाएको तथ्यांकहरु हुन् यी । यो कहालीलाग्दो घडीमा जनताले कसरी जिवनयापन गर्छन् , गंभिर बिषय हो यो ।

बढेको मुल्य किसानको हातमा पर्देन । एकातिर उपभोक्ता मारमा छन्, अर्कोतर्फ किसान । बिचमा ठुला दलका कार्यकर्ता भर्ति गरिएका छन् । अर्थात बिचौलियका नाममा । यिनले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आफ्नो कावुमा राखेका छन् । जस्तै उदाहरणका लागि, तपाई कालिमाटी तरकारी बजार जानुस । तरकारी फलफुल महंगो भएको कुरा गर्नुस । बेच्न बसेका ब्यापारीले उपभोक्ताको भन्दा बढि गुनासो सुनाउँछन् ।

अब किसानको बारीमै जानुस । उसले त झन उत्पादन गर्ने नसक्नेगरि वीउबिजन, लागत, मलखादको महंगाई सुनाएको हुन्छ । किसानले ५ रुपँयामा बेच्छ । उपभोक्ताले ५० रुपँयामा किन्छन् । बाँकी ४५ रुपँया ठुला दलबाट पालितपोषित बिचौलियाले खाइरहेका छन् । यो भन्दा माफियाकरण के हुन सक्छ ?
अहिले ब्यबहारत नेपालीको प्रति ब्यक्ति आय मासिक १० हजार नेपाली रुपँया मात्र छ । यो आयको बिबरण मासिक १० लाख कमाउने र कमाउँदै नकमाउने बिचको समाायोजन औसत संकेत मात्र हो । यो आधारमा अहिले नेपालमा चामल प्रतिकेजी ३० रुपँया, दलहन बस्तुहरु प्रतिकेजी ४०, कुखुराको मासु प्रतिकेजी एक सय, खसीको मासु प्रतिकेजी दूइ सय र अन्य सम्पुर्ण तरकारी र मरमसलाजन्य बस्तुहरुमा हालको मुल्यभन्दा ५ सय प्रतिशत कम हुनु पथ्र्यो । यसका लागि किसानलाई सम्पुर्ण रुपमा अनुदानको ब्यबस्था सरकारले गर्नुपर्छ ।

नोक्सान हुँदा सरकारको र नाफा किसानको हुने नीति तय गर्न सक्नुपर्छ । यत्रो बिधी मान्छे मारेर (माओबादी युद्धकाल र बिभिन्न आन्दोलनमा १९ हजार मारिएका थिए) , अनेक आन्दोलन–युद्ध गरेर, खर्बोको देशको क्षति गरेर ल्याएको बहुमतको सरकारले गर्नुपर्ने पहिलो दायित्व थियो यो ।

हरेक बिकसित मुलुकले यहि गरेका छन्,जुन किसानले पुर्ण अनुदानका आधारमा उत्पादन गर्छन् । अनि उपभोक्ताले निकै सस्तोमा सामान पाउँछन् । बर्तमान कम्युनिष्ट सरकारले त यो पटक्क गरेको छैन । यो ८० प्रतिशत गरिब जनताको आवाज हो । अब भन्नुस, यो काम नगर्ने सरकारलाई म कसरी आलोचना नगरुँ ? अर्थात हामी जनताले कसरी यो सरकारलाई समर्थन गर्ने ???

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu