Connect with us
Kapilvast Forest

मेयर साब, दक्षिणका नागरिक नगरवासी होइनन् र ?

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु,२०७६ भद्रा २२:  

आज भन्दा करिब २६ सय बर्ष पहिले तत्कालिन कपिलवस्तु गणराज्य र देवदहका नागरिक विच रोहणी नदीको पानीको विषयमा विवाद भएको थियो । शक्य सभामा राजा शुद्धोधन समक्ष रोहणी नदीको पानीको विषय उठेपछी शक्यगण र देवदह विच ठुलो मनमुटवा उत्पन्न भएको थियो । रोहणी नदीको पानी देवदहको भुमी सिचाईको लागि लागिएको थियो । पानी देवदह तर्फ लगेपछी शक्यराज्यका केही राजाहरुले कपिलवस्तु र देवदहका राजा दण्डपानीसगँ युद्ध लड्ने सुझाव दिएका थिए ।

त्यस बखत राजा शुद्धोधनले बुद्धीमानी अपनाई देवहदका राजा दण्डपानीसग बार्ता गरी रोहणी नदीको पानी कपिलवस्तु तर्फ फर्कएका थिए । देवदह र कपिलवस्तुका नागरिकलाई युद्धवाट बचाउन सफल भएका थिए शक्य शिरोमणी राज शुद्धोधन । कपिलवस्तु र देवदहका भुमी सिचिंत गरी हराभरा बनाइएको थियो । कपिलवस्तुको राजा शुद्धोेधन र देवदहका राजा राजा दण्डपानी विच भएको बर्ताले दुवै क्षेत्रका नागरिकहरु विच आपसी सदभाव कायम भएको थियो । सबै नागरिक खुशी भएका थिए ।

माथिको यो प्रसङ्ग शिवराज नगरपालिकाको भवन निर्माण घाटनसग जोडन सकिन्छ । शिवराज नगरपालिकाको भवन निर्माण घटनाले कपिलवस्तुमा अहिले उग्र रुप लिएको छ । भवन निर्माण जस्तो सानो कार्यको चोक चौराहामा चर्चाको विषय बनेको छ ।
यो घटना सम्य पार्न जसरी राजा शुद्धोधनले आफनो नागरिक र देवदहका नागरिक विच अटल सुमधुर सामिप्यता गस्ना सफल भएका थिए । त्यसैगरी शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले पनि राजा शुद्धोधनले निर्वाह गरेको भुमीका निभाउनु उहाको दायित्व हो । नगरपालिकाको सिमा क्षेत्र भित्र बस्ने हरेक नागरिक शिवराजको हो । नगर प्रमुखको हो ।

विचाराधिन अवास्थामा रहेको शिवराज नगरपालिकाको भवन निर्माण कार्यमा थारु सामुदायले बुझाएको ज्ञापन पत्र बुझने कार्यमा समेत नगर प्रमुख चुकेको आम बुझाइ रहेको छ । ज्ञापन पत्र बुझने सन्दर्भमा उत्तर गाँउ वा थारु सामुदायको पक्षमा नगर प्रमुख प्रस्तुत हुनु नै अन्य सामुदायलाई बहेस गर्ने कार्य भएको संकेत बुझन कति पनि गह्रो छैन ।

अदालतमा रहेको कुनै घटनाको बारेमा बहिर क्रियाकलाप गर्नु बोल्नु अदालतको अपहेलना गर्नु हा,े यो सर्वविदितै छ । यस अवस्थामा नगर प्रमुखले एक समुदायलाई ज्ञापन पत्र बुझाएर ठिक गर्नु भयो भन्दा अन्य तथा दक्षिण भेगका समुदायलाई उपेक्षीत गर्ने कार्य भएको महसुस गर्न सकिन्छ । नगर प्रमुखको यो भनाईले उत्तरका नागरिक मात्र नगरपालिकाका हुन दक्षिणका होइन्न भन्ने कुराले प्रसय पाएको छ ।
यस अवस्थामा नगर प्रमुखले थारु समुदायले बुझाएको ज्ञापन पत्र नगरपालिको को अन्य कोहीलाई बुझन लगाई यस विषयमा नबोलेको भए उपयुक्त हुन्थ्यो । किनकी उत्तर दक्षिण पुर्व पश्चिम सबै क्षेत्रका नागरिक नगरवासी हुन । सबैको अधिकार समान रहेको छ ।

सबै नागरिक नगरपालिकाकै हुन । उतरको नागरिक नगरवासी र दक्षिणका नागरिक अप्रवासी हुन की भन्ने भम्र उत्पन्न भएको छ । अझ दक्षिणका नागरिकहरुको मनमा आफुहरु नगरवासी होइनौ उतरका मात्र नगरवासी हुन भन्ने भम्र जन्माइदिएको छ ।
राजा शुद्धोधनले निर्वाह गरेको भुमीका नगर प्रमुख नेत्रराज अधिकारीले यस अवास्थामा निर्वाह गर्नु पर्ने हो ।

किनकी सबै नगरवासी नगरपालिकाका हुन सबैले नगरपालिका प्रती आफ्नो कर्तव्य निर्वाह गरेका छन । जसरी रोहणी नदीको पानी कपिलवस्तु र देवदहका नागरिकहरुले समान रुपले प्रयोग गर्न पाए । त्यसैगरी शिवराजका नगरपालिका उतर दक्षिण पुर्व पश्चिमका नागरिकलाई समान व्यहार गर्नु पर्ने हो । सबै नागरिक नगरवासी हुन समान व्यहार गर्दा पक्कै पनि सबैको भवनात्मक एकता हुन्थ्यो कि । रहयो सवाल भवन निर्माणको त्यसका लागि सम्मानित अदालतले नै निर्णय गर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu