भदौ ३१ गते चन्द्रौटामा रक्तदान कार्यक्रम हुने
सनिउल्ला धोबी, कपिलवस्तु भाद्र २६,
विगत लामो समय देखी सामाजिक क्रियाकलापमा क्रियाशिल रहेको सामाजिक विकास मंचको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।
रक्तदान कार्यक्रममा शिवराज नगरपालिकाको आर्थिक सहयोग र रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा हुने सामाजिक बिकास मञ्चका अध्यक्ष बिष्णु प्रसाद खतिवडाले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रममा आगामी भाद्र ३१ गतेका दिन बिहान साढे ८ बजे देखी दिउँसो साढे २ बजे सम्म हुनेछ । उक्त एक दिवसीय रक्त दान कार्यक्रम संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा हुने खतिवाडाले जानकारी दिनु भयो ।
उक्त रगत दान कार्यक्रमा इच्छुक रक्त दाताहरुले रक्त दान गरी सहयोग गर्न आयोजक संस्था सामाजिक बिकास मञ्चले अनुरोध गरेको छ ।