Connect with us
Kapilvast Forest

हिमाली जिल्ला रसुवामा पनि डेंगी संक्रमण देखियो

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

रसुवा । हिमाली जिल्ला रसुवामा पनि डेंगी संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल रसुवामा हिजोदेखि डेंगीको परीक्षण सुरु गरिएकोमा एक जना बिरामीमा डेंगीको संक्रमण देखिएको हो ।

अस्पतालले र्‍यापिड डायग्नोष्टिक टेष्ट किट (द्रुत निदान परीक्षण संयन्त्र) ल्याएर हिजो सात जना बिरामीको परीक्षण गरेको हो ।

सात जनामध्ये एक जनामा डेंगी देखिएको अस्पतालले जनाएको छ । रसुवा जिल्ला अस्पतालमा परीक्षणका क्रममा डेंगी देखिएका बिरामी चितवनस्थित आफ्नो घर पुगेर आएका थिए ।

उनी सशस्त्र प्रहरीको जवान भएको अस्पतालले जनाएको छ । प्रकोप बढ्दै गएपछि रसुवामा पनि हिजोदेखि डेंगीको परीक्षण सुरु भएको हो ।यस्तै कालिका गाउँपालिका–२, कालिकास्थानका ङङ्गप्रसाद आचार्यलाई पनि डेंगी भएको पुष्टि भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu