Connect with us
Kapilvast Forest

बुहारीलाई प्रदेश लोकसेवा सदस्य बनाउन फर्जी कागजात

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

 काठमाडौं । राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले आइतबार फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।

राजधानी दैनिकमा प्रदेश ५ को लोकसेवा आयोग विवादमा परेको समाचार प्राथमिकताका साथ छापिएको छ । प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको हो ।

समाचारमा लेखिए अनुसार लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको खुलेको छ । योसँगै लोकसेवाजस्तो महत्वपूर्ण निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएकाले प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ ।

गोरखापत्र दैनिकले विद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले स्थापित छात्रा शिक्षा कोषको करोडौं रकम वितरण नगरी थन्किएको समाचारलाई प्रमुख समाचार बनाएको छ । समाचार अनुसार १० वर्षदेखि कोष तथा लेखा नियन्त्रक कार्यालयको खर्च खातामा ४६ करोड ८६ लाख ६९ हजार रुपैयाँ यसरी थन्किएको हो ।

कारोबार दैनिकमा गैर आवासीय नेपाली संघ (एनआरएन) द्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै विकास लक्ष्यमा सघाउने प्रतिबद्दताबारेको विषयलाई शीर्ष समाचार बनाइएको छ । गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनले नयाा नेतृत्व चयन गरेसँगै १२ बुँदे काठमाडौं घोषणापत्र जारी गरिएको हो ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारासहित स्वदेशमा लगानी प्रबद्र्धन, दिगो विकासमा सहयोग, नागरिकता लगायतका विषयमा साझा धारणा बनाउँदै सम्मेलन सम्पन्न भएको समाचारमा लेखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu