Connect with us
Kapilvast Forest

कालिञ्चोक गाउँपालिका कार्यालयको सामान चोरियो कि सारियो ?

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिकाको कार्यालयको सामान रातारात लापिलाङ सारिएको छ ।

लापिलाङका जनप्रतिनिधि र स्थानिय जनता सहितको टोलीले गाउँपालिकाको सामान वडा नम्बर ५ लापिलाङ पुर्‍याएका हुन ।कार्यालयको मुलगेट र ढोकाको साँचो फोरेर गाउँपालिकाको विभिन्न शाखामा रहेको सर–समान, लेखा र प्रशासनतर्फका महत्वपूर्ण कागजात सारिएको स्थानीयले जानकारी दिए ।

यसैवीच गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँपालिकाका केन्द्र लापिलाङमा हुनेगरी यसअघि नै गाउँपालिकाको निर्णय अनुसार नै लापिलाङबासीले सर–सामान र कागजात लगेको हुन सक्ने प्रतिक्रिया दिए । तर उपाध्यक्ष कालिका पाठकले भने सामान चोरी भएको प्रतिक्रिया दिएकी छिन ।

यसअघि पनि गाउँपालिकाको केन्द्रका विषयमा पटक पटक विवाद हुँदै आएको थियो ।यता प्रहरीले भने कार्यालयको ढोका फोरेर सामान र कागजात लगेको तर के कति सामान र के कति कागजात लगे भन्ने सम्बन्धमा अनुसन्धान भई रहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu