Connect with us
Kapilvast Forest

अमेरिकाको गाँजा नेपालमा : तस्करीमा होटेल सञ्चालक नै संलग्न

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

गाँजा र चरेसको कारोबारमा ठमेलस्थित डिलाइट होटेलका सञ्चालक संलग्न रहेको खुलेको छ । ६ केजी ४ सय ग्राम गाँजा र सात केजी चरेससहित होटेल सञ्चालक राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले अमेरिकाबाट क्यानडा हुँदै गाँजा नेपाल भित्र्याएका थिए । म्युजिक सिस्टमभित्र लुकाई ल्याइएको गाँजा दुबई एयरको कार्गोमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो । अडियो म्युजिक सिम्टम लिन पुगेका काभ्रे पाँचखाल–१० का ३८ वर्षीय अचुत त्रिपाठी पक्राउ परेपछि राजेन्द्र र सुरेन्द्रको पोल खुलेको हो ।

ब्युरोका एसएसपी वसन्त लामाले अमेरिकाको गाँजा नेपालमा तस्कर भएको पहिलो घटना रहेको बताए । उनले भने, ‘गाँजा र चरेस नेपालबाट बाहिर तस्करी हुन्थ्यो । तर, अहिले अमेरिकाको गाँजा नेपालमा तस्करी हुने गरेको खुल्यो । यो नेपालमै पहिलो घटना हो । तस्करीमा होटेल सञ्चालक नै संलग्न भएको देखिएको छ । तस्करीमा संलग्न सबैलाई पक्राउ गरिएको छ ।’आजको नयाँ पत्रिकामा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu