Connect with us
Kapilvast Forest

न्याय दिने न्यायाधीशहरूमाथि एक सय नौ उजुरी

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

न्यायसम्पादनमा कैफियत देखिएका न्यायाधीशहरूमाथि एक सय नौ उजुरी परेका छन् । न्यायपरिषद्मा गत वर्षको जिम्मेवारीबाट ८७ उजुरी सरेका छन् । त्यस्तै, यो आर्थिक वर्षमा २२ उजुरी थपिएका छन् ।

यसरी जिल्ला र उच्च अदालतका न्यायाधीशविरुद्ध एक सय नौ उजुरी छानबिनका क्रममा छन् । गत वर्ष जम्मा ६० उजुरी फर्स्योट भएका थिए । फस्र्योट भएका उजुरीमध्ये पनि ५२ वटा तामेलीमा राखिएको छ ।

पाँच उजुरीमा न्यायाधीशहरूलाई पदमुक्त गरिएको छ भने तीन उजुरीमा सचेत गराइएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्की बताउँछन् । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत २८ फागुन ०७५ मै अदालतमा हुने भ्रष्टाचार र बिचौलिया प्रवेशमा रोक लगाउन मातहतका निकायलाई निर्देशनात्मक परिपत्र जारी गरेका थिए ।
उनी आफैंले गत १९ पुसमा काठमाडौं जिल्ला अदालतमा छड्के अनुगमन पनि गरेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu