Connect with us
Kapilvast Forest

देउसी खेल्न बोलाएर बलात्कार,भाइटीका लगाउँछु भन्थ्यो, जबर्जस्ती गर्‍यो

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

बलात्कार आरोपमा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको हो ।

देउसी खेल्न बोलाएर सोमबार बलात्कार गरेको किटानी जाहेरी १८ वर्षीया पीडितले मंगलबार बिहानै प्रहरीमा दिएकी थिइन् । राईमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ, तिहारको बिदा परेकाले राईविरुद्ध बिहीबार मात्रै म्याद थप हुनेछ,’ एसएसपी सुवेदीले भने ।

देउसी खेल्न अत्तरखेलस्थित मेडिकल कलेजआसपास बोलाएका राईले नाताले ससुरा पर्ने व्यक्तिको माकलबारीस्थित घरमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । घटनास्थलबाट बियरको बोतल, खाजाको पोकालगायत सामग्री बरामद भएका छन् । ‘किशोरीको स्वास्थ्य परीक्षण भएको छ, रिपोर्ट आउन बाँकी छ । बलात्कार हुँदा प्रयोग गरिएको तन्ना बरामद भएको छ । तन्नामा पनि केही प्रमाण भेटिएको छ ।आजको नयाँ पत्रिकामा समाचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu