Connect with us
Kapilvast Forest

चेक नकाटी खाताबाट पैसा निकाल्न सकिने

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

rastrya bank

१० मंसिर, काठमाडौं । आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो ।

अन्य देशहरुमा धेरै पहिला सुरु भए पनि नेपालमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो । अहिले यो प्रणाली सबै बैंकमा पूर्णरुपमा सुचारु भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमहादुर मिश्रले बताए ।

 

आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक चाहिने छैन । मिश्रका अनुसार राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाटै गर्नुपर्ने व्यवस्था गरेको हो ।

बेलायत सरकारको १९ अर्ब रुपैयाँ आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली स्थापना गरिएको हो । अहिले चेक क्लियरिङ गर्न पनि बिहानै दिँदा साँझसम्म पर्खनुपर्ने र साँझ दिए भोलि मात्रै खातामा रकम जम्मा हुने गरेको थियो । तर, अब रकम तत्कालै जम्मा हुने र शुल्क समेत कम लाग्ने मिश्र बताउछन् । यसबाट समय र रकम दुबै बचत हुने उनको भनाइ छ ।

कसरी दिइन्छ सेवा ?

चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुने लगायत विभिन्न सुविधा यसमा हुन्छन् ।

आरटीजीएस प्रणालीको माध्यमबाट घरबाटै पनि कारोबार गर्न सकिने छ ।

‘अहिले इन्टरनेट बैंकिङबाट पनि घरमै बसेर कारोबार गर्न सकिन्छ, अर्को खातामा पैसा ट्रान्फर पनि गरिन्छ ‘तर यो सिस्टम अलि फरक छ, अहिले  इन्टरनेट/मोवाइल बैंकिङबाट ट्रान्सफर गर्दा तत्कालै मेसेज जान्छ तर खातामा ब्यालेन्स जम्मा भएको हुँदैन । तर यो सिस्टमले तत्कालै जम्मा गर्छ ।’

यो प्रणालीबाट कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नु पर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण गर्न सकिने छ।तर अहिले २ लाख रुपैयाँ भन्दा कमको कारोबार भने यस प्रणालीबाट हुँदैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu