Connect with us
Kapilvast Forest

शिर्षक : आशाको किरण

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

aarati

आरती सुबेदि,किपलवस्तु ( भाग ६४)-
नेपाली समाजमा जरा गाडेर बसेको अन्धविश्वास र संकृण सोचलाई चित्रण गर्दै कथाका माध्यमबाट सकारात्मक सन्देश दिने प्रयास गरिएको एउटा सानो कथा आफु पनि पढ्नुहोस् अनि शेयर गरेर अरूलाई पनि कथा पढ्ने र केही सिक्ने अवसर अवश्य दिनुहोस् कथा जति सक्दो शेयर गरिदिनुहोला कपी गर्नेहरू समक्ष पुग्ने गरी।

आमा खाजा बनाउन भान्सा तर्फ लाग्नु हुन्छ ।खाजा खाएर आशा पनि आफ्नो घर तर्फ लाग्छे ।।आमाको मन समीरको कुरा सुनेर फेरिएको थियो अनि आशाको मन भित्र भरिएको रिस र क्रोध आदेशकी आमाको कुराले फेरिएको थियो ।आशाको र आमाको सम्बन्ध सु मधुर बन्न थाल्यो आमाले पनि आशालाई माया गर्नुहुन्थ्योआशा पनि आमालाई माया गर्थी घरमा सबैको ख्याल गर्थी।बिस्तारै बिस्तारै दिनहरू बित्दै गए आशा र आदेशको पनी उमेर बढ्दै थियो उनीहरू पनि ठुला भए।

उनीहरूको बीचमा जुन प्रगाढ मित्रता त्यो मित्रता प्रेममा बद्लिदै थियो ।।आशा आदेशलाई माया गर्थी अनि आदेश पनि आशालाई धेरै माया गर्थ्यो तर यी दुबैले आफ्नो मनको कुरा एक अर्को संग खोल्न सकेका थिएनन् ।।।

आदेश साना कुराहरू सबै आशालाई सुनाउँथ्यो भने आशा पनि आफ्ना हरेक कुरा आदेशलाई सुनाउँथीउनीहरू एक अर्को संग धेरै समय बिताउन पाउँदा निकै खुशी हुन्थे ।बिस्तारै दिनरू पनि बित्दै गयो एस। एल। सी पनि दिएत्यस पछि को बिदाको समयमा के गर्ने कता घुम्न जाने भनेर सबै साथीहरुले बिभिन्न योजनाहरू बनाउन थाले ।

आशा र आदेश पनि सोच्दै थिए काहाँ जाने के गर्ने भनेर ।।आशाले समीरलाई सोधी बिदाको समयमा के गर्ने कहाँ जाने भनेर ।।।समीरले कम्प्युटर सिक्ने सल्लाह दिन्छ ।आशालाई पनि समीरको कुरा ठीकै लाग्छआशाले आदेशलाई भन्छे बाबाले कम्प्युटर सिक्ने भन्नुभएको छ हामी दुबै कम्प्युटर सिकौ आदेश भन्छे ।आदेश मौन हुदै टाउको हल्लाएर म आमा संग सल्लाह गर्छु भन्छ ।

।।आशा आफ्नो घर तिर लाग्छे अनी आदेश आफ्नो घर तिर लाग्छ ।।घर जाँदै गर्दा बाटोमा आदेशले आमाको दुःख सम्झिन्छ अनि सोच्छ ।।आज सम्म आमाले कति दुःख गरेर हामीलाई पढानुभएको छ अब फेरि कम्प्युटर सिक्न कति खर्च लाग्छ उता भाइको पनि स्कुलमा परीक्षा आउदै छउसको फिस बुझाउनुपर्छ घरको अबस्था त्यस्तै छ ।अब केही महिनाको बाँकी समयमा मैले काम गरे भने पनि आमालाई केही सहयोग हुन्थ्यो ।

आमा संग पैसा छैन म आशाको स्तरमा हिड्न खोजेर हुदैन मैले घरको दुख बुझ्नुपर्छ म काम खोजेर काम गर्छु अब यो बिदाको समयमा ।मैले आमालाई आशाले कम्प्युटर सिक्ने भनेकी छ म पनि सिक्छु भनेर भने भने आमाले कहिल्यै पनि मैले भनेको कुरालाई नाई भन्न सक्नुहुन्न ।त्यसैले उहाँले ऋण खोजेर भए पनि मलाई कम्प्युटर सिक्न पठाउनु हुन्छन् जान्न भनौ भने पनि आमाले मन दुखाउनु हुन्छ होस् आमालाई केही भन्दिन ।।

 

।अब म काम खोजेर एउटा सानो तिनो भए पनि काम गर्छु अनि आमालाई सहयोग गर्छु भन्ने सोच बनाउँछ।अनि उसले आमालाई केही पनि भन्दैन भोलि पल्ट फेरि आशा आदेशको घरमा आउँछेआशा आएको देखेर आदेश झस्किन्छ अनि उ आशालाई सबै कुरा आमाले थाहा पाउनु भन्दा पहिले नै भन्छु भन्ने सोचेरऊ आशा ।।।भन्दै दौडेर जान्छ आशाले फेरि धारामा कपडा धुदै गरेकी आमालाई देख्छे अनि ऊ खुशी हुँदै आमा ।।भन्दै उतै तिर जान्छे आशा आमा भएको ठाउँमा गएको देखेर आदेशको मन डराउँछउ पनि आशा र आमा भएको तिरै जान्छ ।

क्रमश …………….

अब के हुन्छ होला तरु
आशाले आमा संग सोध्छे होला कि त्यो भन्दा पहिले नै आदेशले केही गर्छ होलारु

थाहा पाउन अर्को भाग पढ्न नछुटाउनु होला ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu