Connect with us
Kapilvast Forest

आरती सुबेदीको: डियर श्रीमान

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

Dear husband 😍

म तपाईंको जिन्दगीमा सधै दोश्रो स्थान चाहान्छु म संग जोडिएको सम्बन्धले तपाइको जन्म देखीको सम्बन्धमा कहिल्यै पनि दरार्रर चिसोपना न आओस् कहिल्यै दुरी नबढोस् तपाई मेरो श्रीमान र म तपाईकी श्रीमती पछि भएकी हुँ त्यो भन्दा पहिले तपाईँलाई यो धर्ती देखाउने र आफ्ना इच्छा चाहाना र खुसीहरू सबैलाई मन भित्रै लुकाएर अनेक दुःख कष्ट सहेर आज तपाईँलाई यो स्थान सम्म पुर्याउने तपाईंको बाबा आमा नै हो ।

अनि त्यसै गरी तपाईँलाई सही गलत सिकाउदै हरेक पाइलामा हात समाएर साथ र हौसला दिने तपाईंको दाजु दिदी हो म कहिल्यै पनि चाहान्न म संग जोडिएको सम्बन्धले यी सबै सम्बन्ध हरुमा दुरी बढाओस् हजुरले म सँग बिबाह गरेर सम्बन्ध जोडदैमा यी सबै नाता सम्बन्धहरूलाई कहिल्यै बिर्सनुहुँदैन मैले तपाईँ संग बिहे गरेर आउँदा जन्म घर मात्र छोडेर आएकी होइन जन्म दिने बाबु आमा र दाजुभाइ दिदिबहिनी सबै छोडेर आएकी हुँ त्यही दिन देखि यो घर नै मेरो घर यी बुढा बाबा आमा नै मेरो बाबा आमा हो म तपाईकी असल र सम्झदार श्रीमती र उहाँहरूकी असल र संस्कारी बुहारी बन्न चाहान्छु ।

बाबा आमाको आशा र साहारा हो हजुर दाजुभाइ र दिदिबहिनीको भरोसा हो हजुर अनि मेरो पुरै जिन्दगी हो हजुर हामीले कहिल्यै पनि उहाँहरूको मन दुखाउनु हुदैन जस्तो सुकै समस्या आइपरे पनि हामी मिलेर समाधान गर्न सक्छौ ।बाहिरी मान्छेहरूको कुरा सुनेर घर भडाउने काम कहिल्यै गर्नु हुदैन पराइले त घर परिवार र आफन्त जुटेको भन्दा फुटेको हेर्न चाहेका हुन्छन यस्तो अवस्थामा हामी कमजोर भयौ भने दुनियाँले हामी बीचमा पर्खाल बनाउन बेरै लगाउँदैनन् ।

त्यसैले संसारमा परिवार भन्दा ठुलो केही हुँदैन हो म बाट कहिले काँही गल्ती कमजोरीहरू हुन सक्छन् त्यो बेला तपाईले मलाई बरु एक दुई थप्पड हानेरै भए पनि सम्झाउनु पर्छ । तर परिवार छुटाउने कुरा कहिल्यै गर्नु हुँदैन ।मलाई डाँडाको घाम जस्ता ति बुढा बाबा आमालाई एक्लै बेसहारा बनाइ छोडेर तपाई संग छुट्टै दुनियाँमा रमाउने रहर होइन बरु ति बुढा बाबा आमा बाँचुन्जेल उनीहरुको साहारा बनेर ति हातहरु सधै समाउने रहर छ ।म तपाईंको हरेक दुःख सुखमा सधै साथ र हात दिने छु ।हामी दुई मिलेर परिवारलाई सुखी र खुसी बनाउनुपर्छ । परिवार छुटाउने र फुटाउने होइन साहारा र भरोसा भनेर जिन्दगी भरी संरक्षण गरी माया प्रेम र एकता हुनुपर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu