Connect with us
Kapilvast Forest

आरती सुबेदीको:नारी /श्रीमती

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

aarati

श्रीमती बा आमाले सधै फुल जस्तै सुन्दर बनाएर आफ्ना इच्छा र चाहनाहरू मारेर सधै भरि सन्तानै खुशी खोजेर कति माया गरेर हुर्काएका हुन्छन् आफ्नो सन्तानलाई आमा बाले माया दिएर हुर्काएकी छोरी छोरीको चाहनालाई बुझेर उसकै माया र इच्छालाई रोजेर उसको हात तिम्रो हातमा थमाएका हुन्छन् ।

यो सोचेरकी तिमीले पनि छोरीलाई सधै त्यसै गरी माया गर्ने छौ उसको ख्याल राख्ने छौ तर तिमी उसले आफैं अन्धो बनेर तिमीलाई गरेको प्रेमको गलत प्रयोग गरिरहेको हुन्छौ पहिले पहिले तिमीलाई राम्री लाग्ने मन परेकी मान्छे पछि उही तिमीलाई नराम्री लाग्छे मन पर्न छोड्छे पहिले पहिले उसको साथ पाउन उ संगै उनको लागि पल पल तड्पिने मान्छे तिमी पछि उसलाई देख्दा साथ रिसान र झर्को मान्न थाल्छौ उसको प्रेम उसले तिमीलाई गरेको हेरविचार सबै तिमीलाई मन पर्न छोड्छ ,किन कि तिमीले उसलाई पाइसकेको छौ उसको सबै अस्मिता लुटीसकेको छौ उ सँग को तिम्रो अतृप्त प्यास मेटिसकेको छ ।

आज भोली तिमीलाई उ भन्दा अरू नै राम्री लाग्न थालेको छ किन कि शरीर रूपमा कमजोर बन्दै गएकी छ उसले सन्तानलाई जन्माएकी छ हुर्काएकी छ त्यसैले उ आफ्नो सुन्दरताको वास्ता गर्न छोडी सकि आज भोली त उसलाई तिम्रो सन्तान र तिम्रो परिवारको हेर बिचारी गर्दैमा फुर्सद छैन आज भोली तिमी धेरै जसो घर बाहिर नै बस्न रूचाउँछौ तिमीलाई सन्तान ,श्रीमती र घर परिवारको कुनै वास्ता हुदैन जब राति घरमा आउँछौ नशामा डुबेर आएको हुन्छौ श्रीमतीले के कति गरेकी छ उसलाई कस्तो छ त्यो सोध्नु त परको कुरा अझै उसलाई बिभिन्न आरोप लगाउँदै शंका गर्न थाल्छौ ।

उसलाई शारीरिक र मानसिक यातना दिन थाल्छौ किन कि खोट, शंका तिम्रो मन भित्र छ तिमी भित्र डर छ आफुले गरेको गल्तीहरूको त्यही गल्तीहरू बाट बचानको लागि तिमी सधै उसलाई हतियार बनाउँछौ उसलाई सधै कमजोर सोच्छौ अनि बार बार पीडाहरू दिइरहन्छौ ताकी उसले कहिल्यै आवाज नउठाओस् प्रतिकार नगरोस् त्यो त केवल तिम्रो भ्रम र डर मात्र हो एक पटक उसलाई बुझ्ने प्रयास मात्र गर अनि थाहा पाउने छौ उसले तिमीलाई कति माया गर्छे भनेर त्यस पछि तिमी आफुलाई नै आत्मग्लानि हुने छ आफुले गरेको व्यावहार को नारीलाई माया गर, तिरस्कार होइन नारीलाई सम्मान गर अपमान होइन नारीलाई सधै रक्षा गर आक्रमण होइन नारी आमा हो नारी मायाकी खानी हो नारी धर्ती हो नारी सहनशीलताकी प्रतिमूर्ति हो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu