म हत्यारा हुँ तिम्रो खुशीहरूको
आरती सुवेदी ,कपिलवस्तु-
मेरी छोरी आज म आफु आफैँसँग हारिराछु ।
तिमीलाई ठुलो मान्छे बनाउछु भन्थे सधै
तर आज मेरा ति सबै सपनाहरूलाई
मैले आफ्नै मन भित्र मारिराछु ।
छोरी तिमी घर छोडेर बाहिर निस्किदाँ पनि
आज भोली मेरो मन बेस्मारी डराउँछ
मेरो मुटुको चाल तिव्र रूपमा बढ्न थाल्छ
मेरा हातखुट्टाहरू थरथर काप्न थाल्छन् ।
छोरी तिमी फर्किएर न आउन्जेल सम्म
यी आँखाहरू तिम्रै बाटो हेरीरहन्छन् ।
तिमी कहाँ छौ कस्तो अवस्थामा छौ
यही प्रशन मन देखि मानसपटल सम्म दौडिरहन्छ
रेडियो टेलिभिजन हेर्न सुन्न खोज्छु
स्कुल गएकी बालिका बलात्कार सुन्छु
कलेज गएकी किशोरी एसिड् आक्रमणले
छट्पटाई रहेका हृदय बिधारक दृश्य देख्छु ।
ति खबरहरूले मेरो मन साह्रै डराउँछ छोरी
तिमीलाई पढाएर सक्षम बनाउने सपना हराउँछ छोरी
म त सधै तिमीलाई पढाउछु असल र सक्षम बनाउँछु
तिम्रा ति सबै सपनाहरूलाई पूरा बनाउँछु भन्थे
तर
छोरी आज तिमीलाई स्कुल पठाउन डरलाग्छ मलाई
तिमी जन्मिएर हुर्केको समाज देखी डर लाग्छ मलाइ
तिमीले सधै झोला बोकेर जाने स्कुल देखि डर लाग्छ
तिमीलाई माया गर्ने खोज्ने आफन्तहरू देखिडर लाग्छ
तिम्रा संगै खेल्ने ति साथीहरु देखि डर लाग्छ मलाइ
तिम्रो दिन प्रतिदिन असुरक्षित बन्दै छौ यो समाजमा
आज मलाई तिम्रो त्यो सुन्दरता देखि डर लाग्छ
मलाइ राम्रो सँग थाहा छ छोरी तिमी निर्दोष छौ
तर पनि तिमीलाई जोगाउन तिम्रो रक्षा खातिर
चरिलाई पिँजडामा जस्तै घरभित्र थुनेर राख्छु ।
मलाई माफ गरिदेऊ मेरी छोरी
म आपराधि हुँ मैले तिमी माथी अपराध गरेको छु
म हत्यारा हुँ मैले तिम्रो इच्छाहरूको हत्या गरेको छु
मैले चोरेको छु तिम्रा हाँसो र खुशीहरू खोसेको छु
स्वतन्त्र हाँस्ने खेल्ने उमेरमा बन्दी बनाउन बिबश छु मेरी छोरी मलाई यो समाजले अपराधी बनायो
मेरी छोरी मलाई यो समाजले हत्यारा बनायो
मेरी छोरी यो समाजमा मानवता नै हरायो