Connect with us
Kapilvast Forest

१३ औँ सागमा नेपाललाई ५ स्वर्णः कँरातेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौँ । कँरातेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र संगिता मगर सम्मिलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो । नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेका थिए भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरेको थियो ।यस्तै तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् ।

यो सहित नेपालको स्वर्ण पदका संख्या ५ पुगेको छ । १३ औं साग खेलको कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।

उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् । यसअघि कँरातेको व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत जित्दै नेपालको खाता खोलेकी थिइन ।

मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४.९२ अंक प्राप्त गरेका छन् । बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए । मण्डेकाजीले फाइनलमा पुग्नका लागि २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए ।

सागमा तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । प्रतियोगितामा नेपालकी सोनी गुरुङ्गले पनि स्वर्ण पदक जितेकी छन् । पोखराको फेवातालमा भएको खेलमा ट्रायथलनको इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपालकी सोनीले स्वार्ण जितेकी हुन् ।

उनले श्रीलङ्कका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । त्यस्तै पुरुषतर्फ नेपालका वसन्त थारुले रजत पदक जितेका छन् ।

यस्तै १३ औं साग खेलको कँरातेको व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत जित्दै नेपालको खाता खोलेकी हुन् । उनलाई पाकिस्तानकी साहीदाले फाइनलमा पराजित गरेपछि रजतमा चित्त बुझाउनुपरेको हो ।

फाइनलमा पाकिस्तानकी साहीदाले २५.२८ अंक प्राप्त गरेकी थिइन् भने चञ्चलाले२४.६२ अंक मात्रै हासिल गरिन् । चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् ।

उनले २४.०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् । पाकिस्तानले नेपाललाई पराजित गर्दै १३ औं साग खेलमा पहिलो पदक जितेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu