Connect with us
Kapilvast Forest

अन्धविश्वासले खाएको सपना र जिन्दगीहरू

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

आरती सुवेदी , कपिलवस्तु-

धर्ती एउटै मान्छे एउटै शरिर उस्तै रगत उस्तै पीडाहरू पनि उस्तै उस्तै तर समाज, सोच अनि मानसिकता बेग्लाबेग्लै नेपालको पश्चिमी भाग रारा ताल र बुलबुल ताल अनि महाकाली नदी जडिबुटीले भरीएको प्रदेश यस्तै यस्तै सुन्दरता र प्रशंसाले राष्ट्र र अन्तर्राष्ट्र सम्म चिनिएको मेरो ठाउँ त्यसमा पनि एउटा मन बिझाउने कटु सत्य छाउपडी ले जरा गाडेको मेरो ठाउँ भनेर चिनीने मेरो ठाउँ….

छाउ सुन्दै अचम्म लाग्दो शब्द तर यसैले बलियो संग जरा गाडेर बसेको छ मेरो समाजमा यसैले पलपल तडपाएर मारेको छ अबोध नानीहरूलाई , यसैले चकनाचुर पारेको छ सुनौलो भविष्यका रङ्गिन सपनाहरूलाई एउटै नारी एउटै पिडा उस्तै रगत तर पनि समाज, सोचाइ र संकुचीत मानसिकताले गर्दा धेरै बिभेद ……..

छोरीलाई सबैभन्दा पवित्र मानिन्छ हाम्रो नेपाली समाजमा तर त्यही छोरी दश बाह् बर्षकी भए पछि
सबै छोरीहरूमा हुने प्रकृतिले दिएको प्राकृतिक नियम रजस्वला (महिनावारी ) हुँदा उसलाई जुठि भनिन्छ ।
उसलाई घर बाट धेरै टाढा एक्लै एकान्त एउटा झुप्रोमा पठाइन्छ । त्यही छोरीको एक वास्तविक कहानी ……

मेरो पनि रङ्गिन सपनाहरू थिए मलाई पढेर ठुलो मान्छे बन्ने रहर जागेर आयो तर हाम्रो संकुचीत सोचाइले जरा गाडेको पुरुष प्रदान समाज छोरीले पढ्नु हुदैन भनिन्थ्यो । छोरीले पढ्दा देउता रिसाउँछन् भनिन्थ्यो त्यस्ता किसीमका मानसिकता भएका मान्छेहरूका सोचाइ देखेर मलाई आफै भित्र आगोको ज्वाला दनदन दन्किरहेको हुन्थ्यो ।

उमेरमा सानी थिए तर पनि मन भित्र अनेक इच्छा र चाहनाहरू थिए पढ्न मन अति लाग्थ्यो तर छोरीलाई स्कुल जान बन्देज लगाएको थियो यो समाजले मलाई त्यो समाजको नियम देखि रिस उठेर आउँथ्यो । तर म सानी थिए त्यसको कुनै प्रतिकार गर्न सक्दिनथे । चुपचाप सहि रहन्थे । फेरि सोचे यसरी म दबिए रै बस्न थाले भने मेरा सपनाहरू कसरी पुरा हुन्छन् ?
त्यसैले मैले बा आमा संग जिद्दी गरेर दाजु संगै स्कुल जान्छु भन्न थाले मेरो धेरै जिद्दी पश्चात बा आमा मन्जुर हुनुभयो ।

म खुसी भए स्कुल जान पाउँदा उमेर बढ्दै गयो प्रकृतिको नियमलाई कस्ले रोक्न र नकारन सक्थ्यो र म तेह्र बर्षकी भए आठ कक्षामा पढ्दै थिए मेरो पढाइ पनि राम्रो थियो स्कुलमा सबै शिक्षक शिक्षिकाले यसरी नै मेहनत गरेर पढ्दै गयौ भने राम्रो गर्न सक्छौ भन्नुहुन्थ्यो ।
पुस माघको महिना थियो म पहिलो पटक महिनावारी भए मलाई डर लाग्यो किन कि त्यो मेरो पहिलो पटक थियो । मलाई निकै पिडा भएको थियो । मैले आमालाई भने ती सबै कुरा आमा …

आमा डराए जस्तो गर्दै भन्न थाल्नुभयो हरे शिव यस्तो हुँदा अब यो घरमा बस्नु हुदैन देवता रिसाउँछन् । अब त छाऊ घरमा बस्नु पर्छ । घाम अनि केही केटा मान्छेको अनुहार पनि हेर्नु हुँदैन । यति भनेर आमाले मलाई गाउँ भन्दा केही परको एउटा गोठमा लएर छोडीदिनु भयो ।

त्यहाँ त्यस्तै साना साना झुप्राहरू थिए । आमाले मलाई त्यहाँ पुर्याएर भन्नुभयो । अबको पन्ध्र दिन सम्म तँ यँही बस्नु पर्छ । दिउँसो भरी पनी यो झुप्रो बाट बाहिर निस्कनु हुदैन निस्किनु पर्यो भने पनि साझ घाम अस्ताए र अँध्यारो भए पछि मात्रै निस्किनु पर्छ । म खाना बहिनी संग यही पठाइ दिन्छु भनेर मलाई त्यो गोठमा एक्लै छोडेर हिड्न थाल्नुभयो । म रोए आमा नाइ म पनी घर जान्छु म पनि घरमा नै बस्छु भनेर तर आमाले बाहिर निस्किएकी आइमाई घरमा बस्दा देवता रिसाउँछन् र श्राप लाग्छ भन्दै मलाई त्यही छोडेर हिँड्नुभयो ।

मलाई शारीरिक र मानसिक दुवै पिडाहरूले दबाउन थाले म रून्थे कराउथे तर मेरो पिडा, मेरो रूवाबासी सुनिदिने त्यहाँ कोही थिएनन् । पुस माघको चिसो सिरेटोले मुटु कमाउँथ्यो । मन भित्र अनेक कुराको डर पलाउँथ्यो । म आफ्ना गाउँका दिदिबहिनीहरूलाई समझिन्थे । मेरा आँखामा आँसु रसाएर आउँथे ।

आमालाई सम्झिन्थे अनि मन मनै भन्थे कति कठोर बनाउन सक्छेऊ है आमा तिमीले आफ्नो मन ? म पेट दुख्यो आमा भन्दै रक्ताम्मे भएर छटपटाइ रहेकी छोरीलाई यस्तो एकान्त ओडारमा ल्याएर छोडीदियौ ।फेरि अर्को मनले भन्थ्यो आमाले पनि के गरून् बिचरी उनले पनि त यही पिडा भोग्दै आएकी छन् उनलाई समाज देखि डर लाग्छ । त्यो ढुंगाको देवता देखि डर लाग्छ किन कि मलाई आफु संगै घरमा लगेर राखौ भने त्यो रिसाउँछ ।

यस्तै अनेकौं कुराहरू खेली रहन्थे मेरो मानसपटलमा दिन त जसोतसो जान्थ्यो जब अधेरी संगै निष्पट अन्धकार कालो रात आउँथ्यो मेरो मन निकै डराउँथ्यो । म सम्झन्थे पोहोर साल यसरीनै छाऊ घरमा बसेकी पल्लो घरकी काका कि छोरी झाडापखाला लागेर पानी सम्म पिउने नपाएर तडपीएर मरेको घटना …….म सम्झन्थे यही छाऊ घरमा बस्दा पापीहरूले बलात्कारको सिकार बनाएर मारेकी कान्छी दिदीलाई …. म सम्झन्थे यही छाउ घरमा बसेकी कान्छी दिदीलाई बाघले आक्रमण गरेर आफ्नो शिकार बनाएको घटन
….म अझै डराउँथे मेरो मनोबल कमजोर हुन्थ्यो म भित्र भित्रै निशासिन्थे । मलाई राति भरि निन्द्रा हराउँथ्यो ..

बिहानी कति बेला होला जस्तै लाग्थ्यो । म त्यही छाऊ गोठमा बस्दा बस्दै एक दिन म बसेको भन्दा अलि पर छाउ गोठमा नै बसेकी मेरो उमेरकै कविताको सर्पले डसेर मृत्यु भयो मलाई त्यो घटनाले अझै बढी पिडा दियो ।
मैले त्यही दिन सोचे कति छोरी चेलीहरू यही छाऊ गोठमा मरि सके अनि कति यही गोठको कारण शारीरिक र मानसिक रोगको शिकार बने तर पनि किन बुझदैन यो समाज यस्तो यातना दिनु अपराध हो भनेर ? कि बुझ्दैनन यो अन्धविश्वास हो यसले कैयौ छोरीहरूको जिन्दगी लगि सक्यो अनी कत्तिका सपनाहरूमा डढेलो लगाई दि सक्यो भनेर ?

हो मैले त्यही दिन आफै सँग प्रणय गरे अब यो कुसँस्कार र कुरूतीको बिरूदमा आवाज उठाउनै पर्छ । यो ति अबोध नानीहरूमा शारीरिक र मानसिक यातना दिने यो अन्धविश्वासलाई अब जरै बाट उखालेर फ्याक्नु पर्छ भनेर । मैले अनी मेरा अग्रज दिदी र आमाहरूले जे जस्तो दुख कष्ट र पिडाहरू भोगे मैले अब त्यही पिडा ति अबोध साना साना नानीहरू माथि दोहोरीन दिनु हुदैन । उनीहरूलाई यसरी अकालमा मृत्युको मुखमा पुर्याउनु हुदैन अब मैले यो समाजको लागि अनि ति साना नानीहरूको भविष्यको लागि केहि गर्नै पर्छ । मैले तिनीहरूको भविष्य जोगाउनुपर्छ । यही सोचे तर ….

मलाई राम्रो सँग थाहा थियो यो हटाउन गाह्रो छ तर गाह्रो संग डराएर म पछि हट्न पनि त हुदैन थियो किन कि त्यसो गरे भने म लाचार हुन्थे अनि फेरि उही कार्य दोहोरी रहन्थ्यो साना साना नानीहरू माथि पनि उनीहरूले पनि काकी, ठुलदिदि, कान्छी दिदी, गिता, सरितिले जस्तै अकालमा ज्यान गुमाउनु पर्थ्यो ।

मैले उनीहरुलाई बचाँऊनु छ उनीहरु त सुन्दर फुलका कोपिलाहरू हुन उनीहरुलाई सुकाएर र तडपाएर मार्ने होइन मुस्कुराएर फुलाउन छ यही सोचेर मैले स्कुलमा सरले मलाई पढाउँदा भन्नुभयो थियो परिवर्तनको सुरुवात आफै बाट गर्नु पर्छ भनेर फेरि सोचे हुन पनि साच्चै हो पहिलो जसरी मलाई स्कुल जान बाट बन्चित गरिएको थियो मैले त्यही चुपचाप सहेर बसेको भए सायद आज पनि म विद्यालय जान पाउँदिन थिए होला तर मैले त्यसको प्रतिकार गरेर जिद्दी गर्नाले बा आमाको सोचाइ परिवर्तन आयो ….

यो अन्धविश्वासको बिरूदमा पनि त्यसै गरी उठनु पर्छ भन्ने सोचेर मैले केही कदम चाल्ने कोशीश गरे …
अर्को पटक महिनावारी हुँदा मैले घर मा नै बस्ने निर्णय गरे बा आमालाई ति सबै उदाहरण दिएर सम्झाइबुझाइ गरेर .अनि यस्तै गती मा यो कुसँस्कारले निरन्तरता पायो भने यहाँ अझै कति छोरी चेली शारीरिक र मानसिक यातना शिकार हुन्छन् अनि कति अझै अकालमा नै मर्छन् आमा के तपाई पनि मलाई त्यसरी नै मरेको देख्न चाहनुहुन्छ ?
मेरो कुराहरूले सायद बा आमा मा केही सकारात्मक सोचाइ आयो उहाँले अब देखि मलाई छाउ गोठ नपाउने निर्णय गर्नुभयो ।

म मात्र होइन मैले मैले मेरो समुदायका सम्पुर्ण दिदीबहिनीहरूलाई बचाउँनु थियो मेरा बा आमा मा मात्रै होइन मेरो समाजमा सकारात्मक सोचाइको विकास गराउनु थियो । र म अझै पनि यहि कोसिसमा छु..धेरै कानुनहरु बने अझ सुन्नमा पनि आयो पुरा रुपमा यो कुरिती हट्यो भनेर तर त्यो सत्य हैन रैछ..आज पनि केही त्यस्ता ठाउहरु छन जहाँ यस्ता प्रथाहरु जे जरा गाडेर बसेका छन र त्यसलाइ पुर्ण रुपमा हटाउनको लागि म आफ्नो तर्फ बाट सक्दो कोसिस गरिरहेकी छु

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu