Connect with us
Kapilvast Forest

१३ औं सागमा नेपालको अग्रता कायमै, स्वर्णपदक संख्या २७ पुग्यो

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ । आज साइक्लिङमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २७ पुगेको हो ।

कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।

उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।

त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ ।

यस्तै साइक्लिङको डाउनहिल तर्फ भएका महिला तथा पुरुष दुवै स्पर्धामा नेपाल विजयी भएको छ । महिलातर्फ निष्मा श्रेष्ठ स्वर्ण र जमुना थापा रजत पदक जित्न सफल भएका छन् ।

पुरुषतर्फ राजेश मगर स्वर्ण र निरज श्रेष्ठले रजत पदक हात पारे । दुवै खेलाडीले एक मिलोमिटरको दूरी क्रमश एक मिनेट ४९ सेकेण्ड र एक मिनेट ५० सेकेण्डमा दुरी पारे गरेका छन् ।त्यसैगरी उसुको थाउलोतर्फ दिपक अधिकारीले स्वर्ण पदक हात पारेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu