Connect with us
Kapilvast Forest

अमेरिकाको न्युजर्सीमा गोली चल्दा ६ जना मारिए

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं ।अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जना मारिएका छन् । न्युजर्सी शहरका मेयरका अनुसार अन्य दुई प्रहरी घाइते भएका छन् ।

बीबीसीले जर्सी शहरको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच एक घण्टासम्म गोली हानाहान भएको र गोली चलाउने व्यक्ति को हो ? र किन गोली चलायो ? भन्ने नखुलेको जनाएको छ ।

दुई संदिग्ध व्यक्ति लुकिरहेको एक पसलबाट गोलीबारीको सुरुआत भएकाे स्थानीयले बताएका छन्।  मारिने प्रहरीमा १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा रहेका ३९ वर्षीय जोसेफ सिल्स छन् । उनले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेको जर्सी प्रहरीका प्रमुख माइक केलीले बताएका छन् ।

केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थालेको र जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गर्दै गर्दा उनी मारिएको बताएका हुन् ।

जोसेफको हत्यापछि ती दुवै संदिग्ध व्यक्ति ट्रकमा चढेर नजिकैको एक सुपरमार्केटमा लुकेर पनि प्रहरीमाथि गोली चलाएको र पसलभित्र रहेका तीन व्यक्तिको पनि हत्या गरेको बीबीसीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu