Connect with us
Kapilvast Forest

नियमित योग गर्नाले मस्तिष्कलाई फाइदै फाइदा

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

एजेन्सी । योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।

‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश गरिएको छ । अध्ययनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्वन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।

अध्ययनमध्ये पाँच अध्ययन योगको कुनै अभ्यास नै नगरेका व्यक्तिको बारेमा रहेको छ । त्यसमा उनीहरूको मस्तिष्क विकासको सुरुदेखि अन्तिमसम्मको अवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।

त्यसैगरी अर्को अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा ती व्यक्तिहरूको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो ।

नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको अध्ययनले देखाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu