Connect with us
Kapilvast Forest

म जाँदैन प्रदेश आफ्नै देश, बनाउँछु, हिमाल, पहाड अनि मधेस, बनाउँछु

२०७६, ७ पुष सोमबारमा प्रकाशित

म जाँदैन प्रदेश आफ्नै देश, बनाउँछु ।
हिमाल, पहाड अनि मधेस, बनाउँछु ।

लाखौं संख्यामा विदेशीने युवालाई,
नेपालमै केही गर्ने परिवेश, बनाउँछु ।

देशमा बिकास कम बिनास धेरै भो,
भ्रष्ट नेता कर्मचारीको केश, बनाउँछु ।

भ्रष्ट नेता र बिकासप्रेमी युवाहरुको,
खुल्ला मैदानमा अब रेश, बनाउँछु ।

को भ्रष्ट छ को इमानदार छ भनेर,
युवाले छानबिन गरि शेष, बनाउँछु

युवाहरुका ढुक ढुकी, बृद वृदाहरुका सहारा तथा बालबालिकाहरुका अभिभाबक बन्न सफल बरिष्ठ समाजसेवी, नायक युवा नेता वडा अध्यक्ष कपिलचन्द्र आले एक इमान्दार, स्वच्छ छबि भएका कर्मठ, निष्ठाबान, स्पस्ट बक्ता, बिकासप्रेमी, जनताको भावना बुझेर काम गर्न सक्ने तथा नेतृत्वदायी क्षमता भएका व्यक्तित्वको रुपमा परिचित छन् । अर्घाखाचीँ जिल्ला शितगंगा वडा नं. ११ एक गरिव परिवारमा २०४० सालमा जन्मिएका आले युवा अवस्थामा नै स्थानिय राजनितिमा उदय भए ।

गाउँगाउँमा सिंह दरवार सार्थक बनाउनको लागि केन्द्रीकृत व्यवस्था भङ्ग भई हाल सम्पन्न भएको तीनै तहको निर्वाचनले नेपाललाई नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुक बनाउदै नयाँ व्यवस्थामा प्रवेश गराएको छ । तर स्पष्ट नीति नहुँदा जनप्रतिनिधिहरु अन्योलमा छन् । क्षेत्रफलको हिसावले नेपालको सबै भन्दा ठुलो नगरपालिकाको सबैभन्दा ठूलो वडामा समस्याहरुको भण्डार छ । यहाँको बाटो होस् या बिद्यालय, खानेपानी होस् वा सिचाई, उपचारको ब्यवस्था होस या प्राबिधिक शिक्षा जहाँ सुकै समस्याहरु छन् र तिनै समस्या समाधान लगायत वडा नं ११ को हरेक गतिविधिको अध्ययन गर्ने अभिप्रायका साथ कार्य गर्न विगत केही समयदेखि सबै सामु आफ्नो उपस्थितिको आभाष दिलाउँदै आएको छन ।

देशको शैक्षिक, आर्थिक वा विकास नीति तयार पार्ने पहिलो निकाय भनेको नै स्थानिय निकाय वा स्थानिय सरकार हो । ‘राइट पिपुल, राइट टाइम इन राइट प्लेस’ को नीति लिएर स्थानिय बिकासमा होभिएका आले सानो उमेरमा नै सबैका प्यारा बन्न सफल भएका छन । जनहितका कार्यमा सधै आफुलाई उभ्याई रहने आले वडाको बिकासमा दिनरात लागे पछि वडाको मुहारमा परिवर्तन महशुस भएको छ । बाटोलाई मात्र बिकास मान्ने हाम्रो समाजमा चेतना तथा प्राबिधिक शिक्षालाई जोड दिने आले सुशासनका साथ वडाको बिकासमा सबैलाई सहकार्य गर्न सहजिकरण गरिरहन्छन । स्थानीय तह कार्यकारी अधिकार सम्पन्न हुने नयाँ व्यवस्था आउँदा पनि बिभिन्न भौगोलिक कठिनाईहरुले गर्दा आफूले उपयोग गर्न नपाउँदा योजनाहरु असफल भएका कारणले आले असन्तुष्ट देखिन्छन् ।

  • ‘नियम र कानून भनेको सबैलाई एउटै हुनुपर्छ’, ’कानूनी रुपमा सरकारले गरेको निर्णयलाई सबैले मान्नु पर्छ । यो नै सबैको दायित्व हो ।’ कहींकतैबाट पनि कसैलाई अन्याय भए आफू मूकदर्शक बनेर नबस्ने उनको अडान नै उनको गहकिलो पक्ष हो । न्याय र कानून जस्तो कुरामै अनियमितता भए त्यसले एक न एक दिन ठूलो दुर्घटना अवश्य निम्तिने कुरा स्पष्ट पार्दै बिकासको काममा लाग्दा सबैलाई राजनीतिक चस्मा फुकालेर आउन पनि सुझाएका छन् ।

राजनैतिक परिवर्तन र आर्थिक परिवर्तन एक आपसमा अन्तरसम्बन्धित भएपनी यिनीहरू फरक फरक बिषय हुन । बर्तमान राजनैतिक नेतृत्वका भनाईलाई सापटी लिएर भन्ने हो भने “नेपालमा राजनैतिक ब्यबस्था परिवर्तन भएसंगै राजनैतिक स्थिरता तर्फ देश गैसकेको छ, अबको परिवर्तन भनेको आर्थिक परिवर्तन हो” । यो राजनैतिक ब्यवस्थालाई परिवर्तन गर्नको निम्ति आफ्नो जिवनकालमा चाहे शान्तिपूर्ण होस् वा शसत्र क्रान्तिद्वारा आफ्नो यागदान दिनुहुने राजनितिका हस्तिहरूलाई धन्यवाद दिदै बिकास बाटोघाटो मात्र नभई चेतना तथा प्राबिधिक ज्ञानका बिषयमा गम्भिर बहस हुनु अति आवश्यकता महशुस गर्छन वडा अध्यक्ष आले । के हिजो राजनैतिक परिवर्तनको लागि सफल भएका नेताहरू आर्थिक परिवर्तनको लागि पनि सक्षम छन् त? भन्ने प्रश्न समेत उठान गर्ने गरेको छन ।

रुख चिन्हले चुनाव जिताएको भएपनि आले कुर्सिमा बसेदेखि राजनितिक चस्मा फुकालेर आफू निरन्तर बिकासको काममा स्वतन्त्र रुपमा अग्रसर हुँदै आएको कुरा उनले बताएका छन् । राजनीतिक खिचातानीका बिषयमा उनको एक मात्र स्पष्ट राय ’राजनीतिक खिचातानी भनेको केवल चुनावी माहोलमा हुनु राम्रो हो, बिकास कार्यमा होईन । जिम्मेवारी पाएदेखि कुनै पनि राजनीतिक स्वार्थ बिना नै मैले सेवा गर्दै आएको छु । सबै जनप्रतिनिधिहरुको दायित्व पनि यही हो र यदि कोही पनि यो दायित्वबाट पन्छिएको वा चुकेको भेटिए राज्यले नै दण्डित गर्नु पर्छ ।’

  • लेखक अनिल अधिकारी बिद्यार्थीकाल देखीका असल मित्र हुन ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu