Connect with us
Kapilvast Forest

कपिलवस्तुमा झन्डै एक लाखको अवैध औषधी बरामद

२०७६, १२ पुष शनिबारमा प्रकाशित

 अजय मिश्र,कपिलवस्तु पुस १२-
कपिलवस्तुको विभिन्न स्थानबाट झन्डै एक लाखको औषधी बरामद गरिएको छ । नेपाल भारत खुल्ला सिमानाका कारण लुकाई छिपाई भारतबाट नेपाल ल्याउने क्रममा औषधी फेला परेको हो ।

कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्तिले प्रहरीले देखेपछी झोला छोडी भागेको शसस्त्र प्रहरीले जनाएको छ ।

कपिलवस्तको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बलको गस्ती टोलीले अवैध औषधी बरामद गरेको सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिनुभयो ।


झोला चेकजाँच गर्दा टरमोल ५० थान, लोरजेपम ४८ थान, निटराजेपम १५ थान बरामद गरिएको थियो । सशस्त्र प्रहरी बल कृष्णनगरले स्थानियको रोहबरमा बरामद औषधी नष्ट गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu