Connect with us
Kapilvast Forest

सातामा २ अर्ब ८१ करोडको कारोबार  

२०७६, १२ पुष शनिबारमा प्रकाशित

पुस १२, काठमाडौं । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो साताको तुलनामा गत साता परिसूचक १७ दशमलव ७७ अंक बढेको हो ।

अघिल्लो साता घट्दो अवस्थामा रहेको बजार गत साता भने उकालो लागेको छ । अघिल्लो साताको बिहीवार र गत साताको बिहीवारको तुलनामा यस्तो देखिएको हो । गत साता नेप्से परिसूचक १ हजार १६७ दशमलव ४१ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो साताको बिहीवार परिसूचक १ हजार १४९ दशमलव ६४ विन्दुमा बन्द भएको थियो ।

गत साताको बजारलाई हेर्दा आइतवारको तुलनामा १६ दशमलव ६० अंकले बजार बढेको छ । गत साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १ हजार १५० दशमलव ८१ विन्दुमा रहेको थियो ।

गत साता पाँच दिन कारोबार भएकोमा २ कारोबार दिन बाहेक बाँकी कारोबार दिन बजार बढेर बन्द भएको थियो ।गत साताबाट नेप्सेको अनलाईन प्रणालीबाट दुई बैंकको ऋणपत्र किनबेच भएको छ ।

गत साताको बुधवार मात्रै सानिमा बैंकको ऋणपत्र प्रति कित्ता रू. ९६३ मा र बिहीवार एनआईसी एशिया बैंकको ऋणपत्र कारोबार भएको हो ।गत साता नेपाल स्टक एक्सचेन्जमा तीन बैंकको बोनस शेयर र एक कम्पनीको परिवर्तित शेयर सूचीकृत भएको छ ।

सूचीकृत भएकामध्ये कामना सेवा विकास बैंकको ३ लाख ७५ हजार ३९८ दशमलव ३३ कित्ता, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ दशमलव १३ कित्ता र सिटिजन्स बैंकको २५ लाख ११ हजार ३१९ दशमलव ४३ कित्ता बोनस शेयर रहेको छ भने एभरेष्ट बैंकको ४ लाख कित्ता परिवर्तित शेयर रहेको छ ।

साताको कारोबार

यस साता ५ दिन कारोबार भएको बजारमा नेप्से परिसूचक २ कारोबार दिन घटेको थियो भने बाँकी दिन बढेर बन्द भएको थियो । साताको पहिलो दिन सामान्य अंक बढेको बजार दोस्रो दिन भने १७ दशमलव ७७ अंकले बढेको थियो ।

तेस्रो कारोबार दिन सामान्य घटेको बजार गत साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको हो । अघिल्लो साताको तुलनामा गत साता बजार बढेको हो ।

सातामा भएको शेयर कारोबार

गत सातामा ८५ लाख ९५ हजार ५३१ कित्ता शेयरको खरीदविक्री हुँदा रू.२ अर्ब ८१ करोड ८८ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । सातामा न्यूनतम रू. ३७ करोडदेखि अधिकतम ७२ करोडभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो सातामा पाँच दिन कारोबार भएको बजारमा रू.२ अर्ब ८ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा गत सातामा कारोबार रकम ३५ दशमलव शून्य ७ प्रतिशत बढी हो ।

अघिल्लो सातामा रू.२९ करोडदेखि ६८ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu