Connect with us
Kapilvast Forest

१२२ चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

काठमाडौं । नेपालमा बसेर इन्टरनेटमार्फत चीनमा अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी भइरहेको छ ।

चीनको अर्थतन्त्र धराशायी बनाउने गरी इन्टरनेटमार्फत विभिन्न गतिविधि गरेको, जुवा खेलाउने र इन्टरनेटबाट यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पुस ७ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपछि उनीहरु अहिलेसम्म प्रहरीको क्षेत्राधिकार भित्रै छन् ।

उनीहरुलाई गृहमन्त्रालय बिशेष अधिकार प्रयोग गरेर भिषा दुरुपयोगको कसुरमा देशबाट निस्कासन गर्ने तयारी गरेको छ । नेपालमा सुपुदर्गी सन्धि नभएका मुलुकका नागरिक पक्राउ पर्दा यसरी गृहमन्त्रालयमार्फत निर्णय गराएर पठाउने गरिएको छ ।

अनुसन्धान सकिएपछि प्रहरी र दूतावासको समन्वयमा उनीहरुको ‘डकुमेन्ट भेरिफेकेसन’ गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताउनुभयो । ‘डकुमेन्ट भेरिफेकेसनपछि भिसा दुरुपयोग कसुरमा अध्यागमन कानुनअनुसार निष्कासनको प्रकृयामा जान्छ’ उहाँले भन्नुभयो ।

प्रहरीको अनुसन्धान सकिएपछि अध्यागमन विभागले उनीहरसँग पासपोर्ट भए नभएको हेर्ने, नभएकाहरुसँग अन्ग डकुमेन्ट खोज्ने लगायतका कार्य गर्नेछ । कसर्न डकुमेन्ट समेत फेला नपरे चिनियाँ दूतावाससँगको समन्वयमा औंठाछापको बायोमेट्रिक प्राणलीमार्फत उनीहरुको ‘ट्राभल डकुमेन्ट’ बनाएर देशबाट निस्कासन गरिोछ ।

पक्राउ परेका आफ्ना नागरिकलाई लिन चीनले २ वटा चार्टर विमान पठाउने तयारी गरेको छ । तर उनीहरुको अनुसन्धान र निस्कासन प्रकृया नसकिँदा विमान कहिले पठाउने भन्ने एकीन भने भइसकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu