Connect with us
Kapilvast Forest

अपराध न्युनीकरणकालागि संयुक्त टीम बनाउनु पर्छ : प्रहरी उपरिक्षक अधिकारी

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लामा बढीरहेको आपराधिक खटना न्युनीकरणकालागि समुदाय र प्रहरीको संयुक्त टीम बनाउनु पर्ने बताएका छन । लागुऔषध चोरी तस्करी, महिला हिंसा लगायतका घटनाहरुको न्युनीकरणकालागि संयुक्त टीम बनाउनु पर्ने उनले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयद्धारा संयुक्तरुपमा तौलिहवा स्थित तौलेश्वरनाथ मन्दिरमा आयोजित समुदाय प्रहरीका बिषयमा केन्द्रको बैठक र छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन । प्रहरी उपरिक्षक अधिकारीले बिभिन्न आपराधिक खटना न्युनीकरणकालागि समुदाय र प्रहरीको संयुक्त टीम बनाएर गाउ गाउमा बृहद सचेतनामुलक कार्यक्रम संचामलन गुर्न पर्ने उनले बताए । बिभिन्न अपराधिक खटनाहरु समुदायस्तरबाटै भएको भन्दै त्यसको नियन्त्रणकालागि समुदायले प्रहरीलाई साथ दिनु पर्ने उनले बताए ।

हरेक जसो घटनाहरुलाई जिल्लामा राजनीतक रंग दिईने गरिएको प्रति चिन्ता ब्यक्त गर्दै प्रहरीलाई निष्पक्ष काम गर्ने वातावरण मिलाई दिन समेत समुदाय अग्रसर हुुनु पर्ने उनले बताए । अहिले लागु औषध, यौन हिंसा, तस्करी, आगलागी लगायतका घटनामा बिद्यार्थीहरु नै संलगन रहेको पाइएकाले त्यसको न्युनीकरणकालागि आफुहरुले पाठ्यक्र नै निर्माण गरेर सरकारी बिद्यालयसंग सहकार्य गरेको उनले बताए ।

जिल्लामा रहेका १० वटै पालिकाका ५ सय ५८ वटा सरकारी बिदालयमा आफुहरुले तयार पारेको पाठ्यक्रम लैजाने उनले बताए । उनले अपराध नियन्त्रणमा समुदायकै योगदान महत्वपुर्ण हुने भएकाले समुदायले पनि चासो दिनु पर्ने बताए । उनले प्रहरीलाई हस्तक्षेप नगरी काम गर्न दिनु पर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष देबी प्रसाद बर्माको अध्यक्षता गोपीकृष्ण शर्माको संचालनमा भएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, समाजसेबी राजु अर्याल लगायतले समुदाय र प्रहरी बिच समन्वय गरेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,