Connect with us
Kapilvast Forest

संसदमा अब नयाँ खेल सुरु हुन्छ:झलनाथ खनाल

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताउनु भएको छ । त्यो नयाँ खेल विस्तारै देखिँदै जाने उहाँको भनाइ छ ।

‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो,’ बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नु भयो ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’

उहाँले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त गर्नु भयो ।संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै उहाँले आफूहरु विधिमा फर्किएको बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu