Connect with us
Kapilvast Forest

खै भन्न त एमालेकै सरकार भन्छन्, मलाई थाहा छैन : माधव नेपाल

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

madhav nepal

 

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको निरन्तरताको विषयमा पार्टीभित्र छलफल गरेर मात्रै अगाडि बढ्ने प्रतिक्रिया दिनु भएको छ ।

संसद् भवनबाट बाहिरिएपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिंदै नेपालले पार्टीका नेता, कार्यकर्ताहरूको सल्लाह बमोजिम नै निर्णय लिने बताउनु भयो ।

पत्रकारले नेपाललाई वर्तमान सरकारको निरन्तरताका विषयमा धारण माग्दा उहाँले भन्नु भयो , ‘खै भन्न त एमालेकै सरकार हो भन्छन्, मलाई थाहा छैन।’

पार्टीभित्रका बिमति, छलफल, बहस, विवादले नै लोकतान्त्रिक संस्कारको विकास हुने नेपालको भनाइ थियो। उहाँले अब छलफल र बहसबाटै अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएकोछ ।आज १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर ३ चैतसम्मको लागि स्थगित भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu