Connect with us
Kapilvast Forest

कक्षा ११ कोगुणस्तरमा चुनौती

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं-कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताउनुभयो । विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उहाँले औँल्याउनुभयो ।

यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उहाँ बताउनुहुन्छ ।राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरीी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताउनुभयो   खासगरी विद्यालयमै अन्तिम परिक्षा सञ्चालन गर्नुभन्दा केही विद्यालयले साझा रूपमा परिक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने की भन्ने विषयमा प्रअहरूसितसमेत छलफल भइरहेको जानकरी उहाँले दिनुभयो

कक्षा ११ को पठनपाठन र परिीक्षा बिग्रेको अव‚थामा त्यसको सीधै असर कक्षा १२ मा पर्ने भएकाले त्यसमा चनाखो हुनुपर्ने आवश्यकता औँल्याइएको छध्र यसपटक सरकारले कक्षा ११ मा नयाँ पाठ†यक्रम लागू गरीेको छध्र यसैपटकबाट कक्षा ११ मा तीनवटा अनिवार्य तीनवटा ऐच्छिक गरी छवटा विषयको पठनपाठन सञ्चालन गर्न सुरु गरिएको छ

नयाँ पाठ†यक्रम लागू भएकै अव‚थामा गत महिनाबाट अनिवार्य विषयमा समेत हेरफेर गरिएको छध्र सामाजिक अनिवार्य विषय कायम गरिएकोमा त्यसको सट†टा गणित पढ†न सक्ने सुविधा विद्यार्थीलाई दिइएको छध्र यसपटक विषय परिवर्तनको सम‚याले पनि केही अलमलमा पारेको सम्बद्ध सरोकारवालाहरूको भनाइ छ

नेपालटार स्थित एनआर कलेजका क्याम्पस प्रमुख राजिप धिताल कक्षा ११ मा विद्यार्थीको गुणस्तर कायम गर्न विद्यार्थी आफैँले मेहनत गर्नुपर्ने बताउनुभयो

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले कक्षा ११ का विद्यार्थीको मूल्याङ†कनको सबै जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको ‚पष्ट गर्दै अब त्यसको गुणस्तर कायम गर्ने चुनौती थपिएको बताउनुभयो

विद्यालयका प्रधानाध्यापक, शिक्षक, जिम्मेवारी हुने हो भने परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयोध्र विद्यालयले जे गरे पनि हुन्छ भन्ने मान्यता हटाए कक्षा ११ को परीक्षाको गुणस्तर कायम राख्न सकिने उहाँको भनाइ छ यो समाचार आजको गोरखा पत्रिकामा छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu