Connect with us
Kapilvast Forest

शिवराजमा बैशाख १५ बाट वार्षिक परीक्षा संचालन हुने

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु -शिवराज नगरपालिकाभित्र संचालित सामुदायिक र संस्थागत विद्यालयहरूको वार्षिक परीक्षा यही बैशाख १५ गतेदेखि हुने भएको छ ।

नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा समिति र शिक्षाका विभिन्न पेशागत संगठनका प्रमुखहरूको मंग्लबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

कोभिड १९ को बढ्दो प्रभावले उत्पन्न हुनसक्ने असहज परिस्थितिलाई मध्यनजर गरि कक्षा ८ बाहेक अन्य कक्षा १ देखि ९ सम्मको परीक्षा बैशाख १५ बाट सुरू हुने निर्णय भएको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो ।

कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा भने बैशाख २४ गतेदेखि संचालन गरिने उपसचिव पन्थीले बताउनुभयो ।

परीक्षा शनिबार समेत संचालन गरिने उहाँले जनाउनुभयो । यसअघि प्रधानाध्यापकहरूको गत बैशाख २ गते बसेको बैठकले आउँदो जेठ २ गतेदेखि वार्षिक परीक्षा संचालन गरिने निर्णय गरेको थियो ।

बैठकले कक्षा ८ बाहेक अन्य कक्षाको प्रश्नपत्र निर्माण, परीक्षा संचालन र नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मा विद्यालयलाई दिएको छ । कोभिड १९ को बढदो प्रभावबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा केन्द्र भने सम्बन्धित विद्यालयमा हुने बैठकले निर्णय गरेको छ । तर कक्षा ८ को प्रश्नपत्र निर्माणको लागि भने विषयगत शिक्षकहरू छनौट गरिएको बताइएको छ ।

बैठकमा नगरप्रमुख नेत्रराज अधिकारीले कोभिड-१९ को असहज परिस्थितिलाई ख्याल गर्दै परीक्षालाई चुस्त दुरुस्त र मर्यादित बनाउनुपर्ने सुझाव दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu