Connect with us
Kapilvast Forest

बस दुर्घटना : १० जना घाइते

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

accident

 दाङ-दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा ​ अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानको त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद कठायत, हस्ती गिरी र तेजबहादुर गिरी रहेका छन् । त्यस्तै त्रिवेणी गाउँपालिका ३ की चेतना रेउले, कपुरकोट नगरपालिका ७ का गणेश बोहरा, सुनसरीको इटहरी नगरपालिका ८ का दलबहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका १ का रामचन्द्र विक दुर्घटनामा घाइते भएका छन् । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu