Connect with us
Kapilvast Forest

अनुभव:- म यसरी सावधानी अपनाएको छु- प्रविन आचार्य

२०७८, २४ बैशाख शुक्रबारमा प्रकाशित

कोभिडकालमा_ कपिलवस्तु चन्द्रौटाका प्रविन आचार्यले_भोगेका_केहि_अंशहरु:-राती ठिक ठाक सुतेर विहान उठ्दा ज्यान कमजोर भएको महशुस भयो। एकछिन फेरि सुतेर उठ्दा शरीर तातेको रहेछ अनि एकलै गएर घर देखी अलग कोठामा बसे। केही छिन पछि जोरो आउने अनि शरीर एकदम दुख्ने भयो। त्यही सान्झ केही औषधि लिन पठाएर एक हप्ता नियमित औषधि खाए। यो बिचको ४-५ दिन सम्म शरीर दुखेर अंतिम समय आए जस्तो अनुभव पनि भयो। शुरु देखी नै तुल्सीको पात, बेसार, अदुवा र अम्बाको पात उमालेर पानी नियमित खाएको थिए साथ साथै शरीर कमजोर भएको ले जिवनजल को पानी पनि पिउने गरेको थिए। बिहान दिउँसो नास्ता स्वरुप टायम मिलाएर उमालेको अन्डा, स्याउ, दूध अनि नुनिलो बिस्कुट खाने गरे।। ६ दिनको दिन जोरो निको भयो र ७औं दिन देखि शरीर दुख्न पनि छोड्यो र १० दिन पछि औषधि खान बन्द गरे। सामान्य खोकी लागेकोले कफ सिरप सेवन गरि रहेको छु।
नियमित घरमा जडिबुटी उमालिएको पानी, साथी-भाई तथा डाक्टरको सल्लाह बाट लिएको औषधि, नियमित डाईट अनुसार नास्ता अनि विहानको घामको को किरणमा ३० मिनट जति हिड्-डुल गर्नाले आज म स्वास्थ छु।। हिजो १३औं दिनमा एन्टिजेन किट बाट चेक गर्दा Positive देखिएकोले अझ अलि दिन एक्लै बस्ने छु।।।

साभार-प्रविन आचार्यको फेसबुकवालाबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu