Connect with us
Kapilvast Forest

जित सुनिश्चित भएपछि उम्मेदवार घोषणा गर्ने एमालेको तयारी

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-एमालेले राष्ट्रिय सभावाग्मतीप्रदेशको उपनिर्वाचनकालागिजित सुनिश्चित भएपछि उम्मेदवार घोषणा गर्ने भएको छ । स्थायी कमिटीको आजको बैठकले राष्ट्रिय सभाउपनिर्वाचनमाएमाले उम्मेदवारको जितकाआधारबारे छलफल गरेको थियो ।

गृहमन्त्री रामहादुर थापामाओवादीबाट निर्वाचितभएर एमाले प्रवेश गरेपछि रिक्तभएको वाग्मतीप्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचनहुने भएको छ । सो स्थानमाथापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियो ।

एमालेकाप्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारको जित सुनिश्चितताहुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताउनुभयो ।

राष्ट्रिय सभाउपनिर्वाचनमाजित सुनिश्चितताकालागि नेताहरूले विभिन्न सुझावदिएको र मतदातासँग कुराकानी पछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

वाग्मतीप्रदेशको राष्ट्रिय सभा रिक्तपदमाकाँग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu