Connect with us
Kapilvast Forest

संक्रमितका लागि काँग्रेसले सञ्चालनमा ल्यायो छुट्टै एम्बुलेन्स सेवा

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

कास्की-कांग्रेस कास्कीले कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न असहज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताउनु भयो ।

पोखराको चाउथेबाट आज एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनु भयो ।हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलका प्रबन्ध निर्देशक एवं कांग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई फोर्स गाडी उपलब्ध गराउनु भएको छ । उहाँले गाडीको साँचो काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गर्नु भएको हो ।

एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu