Connect with us
Kapilvast Forest

युवा सघंको स्थापना दिवशमा स्वास्थ सामाग्री हस्तान्तरण

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

अर्घाखाँची झनक के सी-शितगंगा नगरपालिमा ३१औ स्थापना दिवशको अबसर पारेर नेकपा एमाले निकट रास्ट्रिय युवा सघं नेपाल सितगंगा नगर कमिटीले इप्रका ठाडा र रेडियो सितगंगालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सद्स्य तथा नगर सचिब ऋषि घिमिरे, रास्टिय युवा सघं नेपाल सितगंगा नगर कमिटी अध्यक्ष तिलक अधिकारी,सचिब हरि खनाल, मदन भण्डारि स्पोर्ट्स एकेडमी जिल्ला सचिब बिक्रम बेल्बासे, सदस्य रामु भुषाल सहितको टिमले इप्रका प्रमुख सन्दिप बेल्बासेकै कार्यलयमै पुगेर स्वास्थ सामाग्री हस्तान्तरण गरेको थियो।

हस्तान्तरण सामाग्री ५०० थान सर्जिकल माक्स ठूलो साइजको २ थान सेनिटाइजर हस्तान्तरण गरेको सचिब खनालले बताए । तेस्तै रेडियो शितगङ्गा १०७।९ मेगाहर्जलाई ३०० थान सर्जिकल माक्स ४ थान मिडियम साइजको सेनिटाइजर हस्तान्तरण गरिएको बताएका छन ।

कार्यक्रममा बोल्दै इप्रका ठाडाका प्रमुख बेल्बासेले यहाँहरुको साथ निरन्तर रहि रहोस हामी सबै मिलेर एक आपसमा हातेमालो गरेर अगाडि बढनु पर्छ। आउदा दिनमा यहाँहरुको सहयोगको अपेक्षा सहित धन्यवाद दिएका थिए।

रास्टिय युवा संघ नेपाल शितगङ्गा नगरकमिटी अध्यक्ष अधिकारिले आवस्यक परे हामी जतिबेलापनी सहयोग गर्न पछी हटने छैनौ। ऐले सुरक्षात्मक दृस्ठिकोणले हेर्दा शितगङ्गामा धेरै सुधार भएको छ भन्दै खुलेर प्रसंसा समेत गरेका थिए। यो माहामारिमा जोखिम मोलेर काम गर्ने मध्य सुरक्षा र मिडियालाई फोकस गरि थोरै सहयोग गरेको उन बताएका थिए। तेस्तै नगर सचिब घिमिरेले ,पार्टीको तर्फबाट पनि सर्हानिय कार्यको लागि बधाई तथा शुभकामना दिएका थिए ।

रेडियो शितगङ्गाका स्टेसन म्यानेजर अराज बेल्बासेले मार्केटिङ म्यानेजर सचिन बोहोरा , प्राबिधिक सङ्गिता पौडेलले स्वास्थ सामाग्री दिने रास्टिय युवा संघ शितगङ्गा टिमलाई एक मुस्ठ धन्यवाद दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu